धुर्मुस सुन्तलीद्वारा रौतहतको सन्तपुरमा एकीकृत बस्ती निर्माण सुरु

असोज ४, रौतहट । सिताराम कट्टेल ‘धुर्मुस’ले अाफ्नाे जन्मदिनकाे अवसरमा रौतहतको सन्तपुरमा एकीकृत बस्ती निर्माण सुरु गरेका छन् । बुधवार बिहान सन्तपुरमा आयोजित कार्यक्रममा धुर्मुस र सुन्तलीले बस्ती निर्माणकाे शिलान्यास गरेका हुन् ।

करिब ५ करोड ७५ लाखमा निर्माण हुने उक्त बस्ती माझी, मुसहर, हजाम र देशार समुदायका लागि बनाउन लागिएको धुर्मुसले बताए । बाढीको चपेटामा परेका ती समुदायको जीवनस्तर उकास्नका लागि बस्ती निर्माण सुरु गरिएको उनको भनाइ छ ।

आउदो माघसम्म बस्ती निर्माण सक्ने योजना बनाएका धुर्मुस-सुन्तलीले २ नम्बर प्रदेशका होटेल व्यवसायी सङ्घ लगायत अन्य स्थानीयको पनि सहयोग गरेको जानकारी दिए । भूकम्पपछि सामाजिक काममा सक्रिय भएका सिताराम र कुञ्जनाले अहिले धुर्मुस-सुन्तली फाउण्डेशन सञ्चालन गरिरहेका छन् ।

फाउण्डेशनले यसअघि गिरान्चौर र मुसहरहरुका लागि सामूहिक बस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 8 =