प्रदेश नम्बर २ मा मतदान सकियो,७० प्रतिशत मत खस्यो

काठमाडौं, असोज २ । तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत् प्रदेश नम्बर–२ मा सोमबार शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ ।

बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्मका लागि मतदानको समय तोकिएको भएपनि लाइनमा रहेकाहरुले भने अबेरसम्मै मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा करिब ७० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ ।

प्रदेश नम्बर–२ मा पर्ने ८ जिल्लाका १३६ स्थानीय तहमा सोमबार मतदान भएको हो । दुई दशकपछि भएको स्थानीय निर्वाचनमा सर्वसाधारणको निकै उत्साहजनक सहभागिता रह्यो ।

मतदानबाट ६ हजार ६२७ जनप्रतिनिधि चुनिनेछन् । जसका लागि ३६ हजार ९९३ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

सो प्रदेशका ८ जिल्लामा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *