वडा मेयर कपमा १० नम्बर विजयी

किशोर खनाल, भरतपुर । भरतपुर क्रिकेट क्लबको आयोजनामा सीएमसी अन्तर वडा मेयर कप टि–२० क्रिकेट प्रतियोगिता भएको छ । आइतबारको उद्घाटन खेलमा वडा नम्बर १० ले विजयी सुरु गरेको छ । ९ नम्बर वडा ८ विकेटले पराजित भएको हो । पहिले व्याटिङ गरेको वडा नम्बर ९ ले १६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८० रन बनाएको थियो । जवाफी व्याटिङमा उत्रिएको वटा नम्बर १० ले ७ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो । वडा नम्बर ९ लाई सस्तैमा समेट्ने क्रममा वडा नम्बर १० का देबु मल्लले ४ विकेट लिए । उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै भरतपुर महानगरकी मेयर रेणु दाहालले क्रिकेट खेलप्रतिको आकर्षण बढ्दै गएको बताइन् । स्थानीय स्तरमा सञ्चालन हुने यस्ता खेलकुद गतिविधिले खेलाडीहरुको मनोबल बढ्ने र यसमा मेरो तर्फबाट सक्दो सहयोग रहने बताइन् ।
त्यस्तै, समाजसेवी ममता न्यौपानेले सीएमसी हस्पिटलले सामाजिक सेवामा विभिन्न किसिमका कार्य गर्दै आइरहेको र खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रमलाई सहयोग गरी प्रयोजन गरेको बताइन् ।

यस्तै, सोमबार हुने खेलमा वडा नम्बर १९ र १३ बिच प्रतिस्पर्धा हुने भरतपुर क्रिकेट क्लबका अध्यक्ष अनिल अधिकारीले जानकारी दिए । प्रतियोगितामा १८ वटा वडाले सहभागिता जनाएको र अन्य वडाहरु पनि थपिने क्लबका अध्यक्ष अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *