होटेल इजी राइर्डसमा सविनले गाउने, सुस्माले नचाउने

असोज १, धरान । सुनसरीको धरान १५ स्थित होटेल ईजि राईडर्सले बडा दशैको अवसरमा ‘दसैँ विशेष साङ्गीतिक कार्यक्रम’ आयोजना गर्ने भएको छ । आइतबार होटलको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी बडा दशैको अवसरमा आउदो असोज ७ गतेबाट १२ गते सम्म दसैँ विशेष साङ्गीतिक कार्यक्रम गर्ने होटलका म्यानेजिङ डाईरेक्टर मणीकुमार राईले जानकारी दिए ।

होटेल ईजीराईडर्सले राष्ट्रिय, अन्र्तराष्ट्रिय तथा स्थानीय कलाकारहरूको सहभागितामा दसैँ विशेष साङ्गीतिक कार्यक्रम गर्ने जसमा मुम्बइका कलाकारहरू समेत आउने राईले जानकारी दिए ।

कार्यक्रममा गायक आस्था राउत, सबिन राई, बिल्सन विक्रम राई, कमल खत्री, सुष्मा काकीर्, सुगम पोख्रेल, नायक पल शाह लगायतको विशेष प्रस्तुति रहने कार्यक्रमका प्रचार प्रसार समयोजक विकास राईले जानकारी दिए ।

कार्यक्रम हरेक दिन बेलुका ६ बजेदेखि १० हुने र दर्शकहरुका लागि ५ सय रुपैयाँमा टिकटको व्यवस्था गरिएको छ । भने हरेक दिन ३ जना दर्शकले उपहार समेत पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *