अस्ट्रेलियाको पर्थमा सन्दिप क्षेत्रीले दर्शकको पेट मिचाउँदै

अस्ट्रेलिया भदौँ ३१ । आज शनिवार अस्ट्रेलियाको पर्थमा दसैँ मेला आयोजना गरिएको छ । अस्ट्रेलियाको पश्चिमी सहर पर्थमा बस्ने नेपालीहरूको संस्था पर्थ नेपालले पर्थ दसैँ मेला २०१७ आयोजना गरेको हो ।

विगतदेखि सेप्टेम्बर महिनाको १६ तारिखमा मनाइदै आएको पर्थ मेलामा चर्चित हाँस्य कलाकार सन्दीप क्षेत्री, चर्चित नृत्यांगना माला लिम्बु र युवा पुस्ताका चर्चित गायक अलमोडा राणाले आफ्नो बेजोड प्रस्तुति दिने भएका छन् । प्रस्तुतिका लागि सबै कलाकारहरू तयारी अवस्थामा छन् ।

विशेषगरि अस्ट्रेलियामा बस्ने नेपालीहरूलाई समेट्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको पर्थ नेपालका प्रमुख कार्यकारी अधिकृत सञ्जय चौधरीले बताए । ‘बिगतझै यस वर्ष पनि हामीले पर्थ मेला सुरु गरेका छाँै । यसले हामी नेपालीहरुबीचको सम्बन्ध प्रगाढ पार्नेछ ।’उनले भने ।

विदेशमा रहेर पनि आफ्नो धर्म संस्कृतिको संरक्षण, प्रबद्र्धन गर्दै नेपाली पनको मौलिकता लाई अझ फराकिलो गराउँदै दसैँका बेला घर जान नपाएका नेपालीलाई समेट्ने उद्देश्यले दसैँ मेला गर्न लागिएको पर्थ नेपालका इभेन्ट म्यानेजर प्रमेश केसीले जानकारी दिए । त्यस्तै,पर्थ नेपालले यसअघि पनि खेलकुद, मनोरञ्जन लगायत अन्य विविध विधाका कार्यक्रम पनि गर्दै आएको म्यानेजर श्री न्यौपानले बताए । त्यसै गरी कार्यक्रम को पूर्व सन्ध्या मा आयोजक टिमका सदस्य मनोज अधिकारी र प्रमिश राई जन्म दिन को अवसरमा युवा पुस्ताका चर्चित गायक अलमोडा राणाले भरपुर साङ्गेतिक मनोरञ्जन प्रदान गर्नेछन् ।

पर्थ नेपाल अस्ट्रेलिया मा रहेका नेपालीहरूको हक,हितका लागि काम गरिरहेको सामाजिक संस्था हो । जसले विभिन्न सामाजिक कामहरू गरी नेपालीहरू बिच आपसी सम्बन्ध लाई अझ एकतावद्द गरी अगाडि बढिरहेको सामाजिक संस्था हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *