एसीसी यू-१९ क्रिकेट: सेमिफाइनलमा नेपालले मलेसियाको सामना गर्दै

काठमाडौं, भदौ ३१ । एसीसी अन्डर–नाइन्टिन एसिया कप क्रिकेटअन्तर्गत पूर्वी क्षेत्रको छनोटको सेमिफाइनलमा नेपालले अहिले मलेसियाको सामना गरिरहेको छ ।

मलेसियामा जारी प्रतियोगितामा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । मलेसियालाई पराजित गरे नेपाल एसिया कपमा छनोट हुने छ ।

समूह चरणका सबै खेल जित्दै समूह बिजेताको रुपमा सेमिफाइनल पुगेको नेपालले अर्को समूहको उपविजेता मलेसियालाई प्रतिस्पर्धी पाएको हो ।

जारी प्रतियोगिताको दोस्रो सेमिफाइनलमा हङ्कङ र सिंगापुर भिड्ने छन् ।

सेमिफाइनलमा जित हात पार्दै फाइनल पुग्ने दुई टोली एसीसी अन्डर नाइन्टिन एसिया कप क्रिकेटमा छनोट हुने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *