सुमित, शक्ति र चुडामणीको ‘स्वदेश र सपना’ सार्वजनिक

  

भाद्र ३०, काठमाडौँ । विशिष्टिकृत गीत सङ्गीतमा लागेका गायक सुमित खड्काको राष्ट्रिय गीतको संगालो गीति एल्बम ‘स्वदेश र सपना’ सार्वजनिक गरिएको छ । आज पर्यटन बोर्डको हलमा आयोजित एक समारोहमा नेपाली चलचित्र माइतीघरका नायक–नायिका सिपी लाेहनी र माला सिन्हा, गीतकार रत्न शमसेर थापा, गायक प्रेमध्वज प्रधान, गीतकार किरण खरेल, एसपी कोइराला, गीतकार तथा शङ्कर कोइराला, डा. विमल कोइराला लगायतले एल्बमको सार्वजनिक गरेका हुन् ।

माइती घरका नायक, गायक सिपी सिपी लाेहनी तथा नायिका माला सिन्हाको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा गीतकार चुणामणी देवकोटाको रचना शक्ति वल्भवको सङ्गीत र गायक सुमित खड्काको स्वरको तारिफ गर्दै सर्जकहरुले ‘स्वदेश र सपना’ले अहिलेको नेपालको यथार्थ तस्बिर बोकेको बताए ।

कार्यक्रममा बोल्दै सर्जक एसपी कोइरालाले राष्ट्रिय गीतमा राजादेखि रंकसम्मले कलम चलाएको बताउँदै राष्ट्रिय गीतको गौरबशाली इतिहास भएको बताए । उनले एल्बम ‘स्वदेश र सपना’ले नेपालीहरूलाई राष्ट्र प्रति जागरुक बनाउन भूमिका खेल्ने बताए । नेपाली गीत सङ्गीत उद्योगको रूपमा फस्टाउन नसकेका अवस्थामा राष्ट्रिय गीतबाट प्रतिफल आउन नसक्ने अवस्था रहेपनि ‘स्वदेश र सपना’का सर्जकको सृजनालाई सबैले ग्रहण गर्नुपर्ने कोइरालाको भनाई थियो ।

अर्का सर्जक डा. विमल कोइरालाले राष्ट्रिय गीत परिस्थिति र समयले निर्माण हुने भन्दै यस्ता गीतहरुले स्रोताहरुमा राष्ट्रिय भावना प्रशारित हुने जिकिर गरे । कार्यक्रममा बोल्दै गायक प्रेमध्वज प्रधानले नेपाली गीत सङ्गीतको संरक्षणमा सबै लाग्नुपर्ने ओल्याए ।
कार्यक्रममा गायक खड्काले एल्बममा समावेश राष्ट्रिय गीतहरू प्रस्तुत गरेका थिए ।

दुई दशकदेखि नेपाली गीत सङ्गीतमा समर्पित गायक सुमित खड्का, गीतकार चूडामणी देवकोटा र वरिष्ठ सङ्गीतकार शक्ति वल्भबको सङ्गीत रहेको ‘स्वदेश र सपना’ एल्बममा राष्ट्रिय भावनाले ओतप्रोत भएका पाँच ओटा गीतहरू रहेका छन् । ‘स्वदेश र सपना’ का गीतहरुले नेपाली गीत सङ्गीतमा छुट्टै पहिचान स्थापित गर्ने अपेक्षा राखेको गायक खड्काले बताए । सयभन्दा बढी राष्ट्रिय गीत गाइसकेका गायक खड्काको ‘स्वदेश र सपना’ राष्ट्रिय गीतहरुको छैटौँ एल्बम हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *