उत्तर कोरियाले फेरी हान्यो जापानी क्षेत्रमा मिसाइल

एजेन्सी । उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ । राजधानी प्योङयाङबाट पूर्वतर्फ जापानतिर लक्षित गर्दै मिसाइल छाडिएको हो ।

दक्षिण कोरिया र जापानले उत्तर कोरियाले मिसाइल हानेको पुष्टि गरेका छन् । जापानतिर हानिएको मिसाइल ७ सय ७० किलोमिटरको उचाइ र झन्डै ३ हजार ७ सय किलोमिटर टाढा पुगेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।

मिसाइल जापानको होकाइदो द्वीपलाई नाघेर गएको थियो । दक्षिण कोरियाले राष्ट्रिय सुरक्षा परिषदको आपत्कालीन बैठक बोलाएको छ । जापानले पनि आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्ध थप तथा कडा नाकाबन्दी लगाएपछि जवाफमा यो परीक्षण गरेको बताइएको छ । उत्तर कोरियाले जापान र अमेरिकालाई ध्वस्थ बनाउने चेतावनी दिएको छ ।

उत्तर कोरियाले आफूमाथि राष्ट्रसंघले लगाएको प्रतिबन्धको समर्थन गर्ने जापानलाई डुबाउने र अमेरिकालाई खरानी र अन्धकार बनाउने चेतावनी दिइसकेको छ।

गत महिना पनि उत्तर कोरियाले जापानमाथि एउटा मिसाइल प्रहार गरेको थियो, जसलाई जापानी प्रधानमन्त्री शिंजो आबेले ‘अभूतपूर्व खतरा’ बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *