‘बुढिगण्डकी जलविद्युत ठेक्का प्रकरणमा अरबौंको चलखेल’

नरहरी पौड्याल, कास्की । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले बुढी गण्डकी जलविद्युत आयोजनाको ठेक्का प्रकरणमा अरबैंको चलखेल भएको बताएका छन् । मिडिया नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले बुढी गण्डकी जलविद्युत आयोजना ठेक्का प्रकरणमा अरबौंको चलखेल भएको बताउँदै ठेक्कालाई पुनराबोलकन गर्नु माग समेत गरेका छन् ।

सरकार परिर्वतन हुने अन्तिम समयका आएर रातारात प्रचन्ड सरकारले ठेक्का दिएको प्रसङ्ग उठाउदै थापाले प्रचण्ड सरकारले किन रातारात ठेक्का दियो भन्दै प्रतिप्रश्न गरे । ‘ठुलो रकमको चलखेल भएको छ, ठक्काको पुनराअवरोकन हुनु पर्दछ’ उनले भने ।

नेपाल आयल निगम जग्गा खरिद प्रकरणमा निगमका महाप्रबन्धक गोपाल खड्का मात्रै नभएर मन्त्री देखि ठुला दलका नेता सम्म संलग्न रहेको आरोप लगाए । थापाले आयल निगमको भ्रष्ट्राचारको समाचारले दैनिक संचारमाध्यम रंगीदा समेत सरकार मुकदर्शक बनेको आरोप लगाए ।

अध्यक्ष थापाले मुलुकमा निर्वाचनको मिति घोषणा भइसकेको र निर्वाचन आयोगले आचारसंहित लागु गरेपछि पनि सरकार र सत्तारुढ दलहरुबाटै बारम्बार आचारसंहिता उल्लघंन गरिएको बताए । थापाले दसैँ र तिहारवीचमा पार्टीले मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने बताउँदै यात्राको क्रममा मुलुकले भोग्नु परेका समस्याको बारेमा जनतालाई सचेत गराएर हिन्दूत्वको भावना जागृत गराउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *