आफूविरुद्ध खोइरो खन्नेहरुलाई तह लगाउन गायिका इन्दिरा जोशी टेकु पुगिन्

काठमाडौं, भदौँ २९ । ‘स्तर हैन स्तन’ । यसरी गायिका तथा नेपाल आइडलकी जज इन्दिरा जोशीको चरित्र हत्या गरिएसँगै आज बिहीबार जोशी आफ्नो खोइरो खन्ने तिनै अनलाईन र सामाजिक सञ्जालहरुबिरुद्ध उजुरी दर्ज गर्न प्रहरीको शरणमा पुगेकी छिन् ।

विभिन्न अनलाइन र सामाजिक सञ्जालले आफ्नो चरित्र हत्या गरेको आरोप लगाउँदै गायिका तथा जज इन्दिरा जोशी महानगरीय अपराध महाशाखा टेकु पुगेकी छिन् ।

फोटोमा इन्दिराले खैरो रंगको टाइट भेस्ट लगाएर तस्वीरलाई सामाजिक सञ्जालमार्फत् अश्लिल गाली गलौज गरिएको छ । फोटोमा इन्दिरा खैरौ र टाइट भेष्ट लगाएको देखिएको छ । यसैलाई कमेन्ट गर्दै ‘इन्दिराले कला र संगीत क्षेत्रबाट प्राप्त गरेको ज्ञान, क्षमता र स्तरका कारण नभएर उनको स्तन हेरेर उनलाई निर्णायक मण्डलमा राखिएको हो ।’ भन्दै कमेन्ट गरिएको थियो ।

जुन तस्बिर उनले गत २८ मे का दिन आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेकी थिइन् । अहिले जोशीमाथि गरिएको अश्लिल कमेन्टसँगै उनको यो तस्वीर सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ । त्यस्तै विभिन्न सञ्चारमाध्यमहरुले नानाथरि समाचार लेखेसँगै उनी आज टेकु प्रहरी कार्यालयमा कारबाहीका लागि उजुरी दर्ता गर्न पुगेकी छिन् । गायिका जाेशीसँग उजुरी दर्ता गरेकाे विषयमा कुरा गर्न उनकाे माेवाइलमा सम्पर्क गर्दा माेवाइल उठेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *