राम्री युवतीलाई आकर्षित गर्ने यस्ता छन् उपाय

“
एजेन्सी । तपाईँको तमाम कोसिसका बाबजुद पनि महिला तपाईँसँग आकर्षित हुन्न । आखिरी किन ? यसका लागि तपाईँ आफ्नो लुक्स र स्वच्छताप्रति काम गर्नु आवश्यक हुन्छ । जान्नुहोस् कसरी तपाईँ युवतीलाई आकर्षित गर्न सक्नु हुन्छ । राम्रो देखिनु तपाईँको हातको कुरा हो ,आफूलाई राम्रो देखाउनु पनि तपाईँको हातको कुरा हो । यसका लागि तपाईँको धेरै मेहनत आवश्यक पर्दैन । तपाईँ आफ्नो आलस्यता त्यागेर लुक्समा ध्यान दिनु जरुरी छ । आखिर तपाईँको लुक्सले नै महिलालाई आकर्षित गर्ने हो । यसर्थ थोरै मेहनतमा यस्तो गर्नु जरुरी छ ।
केही कुरामा ध्यान दिनु
भलै तपाईँको लुक्स धेरै राम्रो नहोला तर यसको अर्थ यो होइन की धेरै महत्त्व पूर्ण कुराको बेवास्ता गर्नु । यसर्थ तपाईँले महत्त्वपूर्ण कुराको वास्ता नगर्दा युवतीको मन जित्न सक्नु भएन । अब महत्त्वपूर्ण कुराहरूमा पनि ख्याल गर्नुहोस् ।
धेरै पसिना आउनु
तपाईँलाई धेरै पसिना आउँछ ? धेरै पसिना आउनुको पनि केही कारण हुन सक्छ । एउटा कारण हुन सक्छ तपाईँ गलत कपडा लगाउनु हुन्छ । यसैको कारण हो भने सबै भन्दा पहिले कपडा परिवर्तन गर्नुहोस् । सूती, खाकी, लाइनन् जस्ता प्रकृतिका कपडा लगाउनुहोस् । यसको अलवा तपाईँ हाइपरहाइड्रोसिस नामक रोगको पीडित पनि हुन सक्नु हुन्छ । यसर्थ चिकित्सकसँग सम्पर्क राखी धेरै पसिना आउने अवस्थालाई न्यूनिकरण गर्नुहोस् ।
तपाईँको दाँत पहेँलो छ ?
खास गरी युवतीले तपाईँलाई जतिखेर हेर्नेछिन, त्यत्तिखेर उसको ध्यान तपाईँको मुस्कानमा पर्नेछ । कतै तपाईँको दाँत पहेँलो छ । विर्सिनुहोस्, ऊ तपाईँसँग डेटिङ जानेछिन् । तपाईँलाई जरुरत यो पर्छकी, आफ्नो दाँतलाई ख्याल राख्नुहोस् र उपचारका लागि चिकित्सकसँग पनि सम्पर्क गर्नुहोस् ।
आँखीभौंको बिचमा रौं छ ?
तपाईँको आँखीभौंको बिचमा रौं छ ? अर्थात् तपाईँको आँखीभौं भद्दा खालको छ ? आजको समयमा यस समस्याबाट छुटकारा पाउन कुनै गाह्रो छैन । चाँडो भन्दा चाँडो यस समस्याबाट मुक्त हुनुहोस् । आफ्नो आँखीभौंको हप्तामा एक पटक सफा गर्नुहोस् र यस समस्याबाट मुक्त हुनुहोस् ।
छालामा केही समस्या छ कि ?
तपाईँको छालामा समस्या छ भने यसबाट बच्न दैनिक आफ्नो अनुहार राम्रो फेसवासले धुने गर्नुहोस् । साथै यस कुरामा पनि ध्यान दिनुहोस् की सबै त्वचा एकै प्रकारका हुँदैनन्, यसर्थ फरक फरक तरिकाले उपचार गर्नुहोस् । यदि कुनै प्रकारको समस्या आए तपाईँ तुरुन्त विशेषज्ञ चिकित्सकको सहयोग लिनुहोस् ।
गर्दनमा रौं
तपाईँको गर्दनमा रौं छ ? केही चिन्ता नलिनूस्, केही पुरुषको गर्दनमा रौं हुन्छ नै । तर तपाईँ यसलाई हटाउन सक्नुहुन्छ । तपाईँले गर्दन सम्मको रौं खौरेर फ्याली दिन सक्नु हुन्छ । साथै कपडा लाउँदा पनि देखिने छातीका रौं पनि खौरेर फ्यालिदिनुहोस् ।
केही पहल गर्नुहोस्
तपाईँले अस्वीकार गर्ने डरले युवतीले केही नभनेको हुन सक्छ । यसर्थ यसका लागि तपाईँ आफैँ पहल गर्नुहोस् । हुन सक्छ तपाईँको पर्खाइमा युवती बसेको हुन सक्छ । एक पटक तपाईँ निश्चित हुनुहोस् कि अब तपाईँको परफेक्ट व्यक्तित्वसँगै पहलको पनि आवश्यक पर्छ । यसर्थ तपाईँ अघि बढेर युवतीसँग प्रस्ताव गर्ने हिम्मत गर्नुहोस् ।
सिधा बोल्नुहोस्
भनिन्छ नि, ‘मान्छेको बोलीले नै उसको भविष्यको बाटो तय गर्छ ।’ यो भनाइ यसमा पनि लागू हुन्छ । हुन सक्छ कि कुनै युवतीको मनमा तपाईँको लागि केही भावना उठिरहेको छ । तर, तपाईँको बोलीका कारण उसले तपाईँलाई टाढा राख्नु पर्ने अवस्था आउन सक्छ । यसर्थ युवतीसँग बोल्ने क्रममा आफ्नो वाणीलाई नियन्त्रित राख्दै सोचेर बोल्नुहोस् ।
“








