रोहिंग्या माथिको सैन्य कारबाही रोक्न राष्ट्रसंघको अपिल

काठमाडौं, भदौ २९ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले म्यानमारमा रोहिंग्या मुसलमानहरुले मानवीय विपद ब्यहोरिरहेको बताउनुभएको छ । रोहिंग्याको घरमा सुरक्षाकर्मीले गरेको आक्रमण कुनै हालतमा स्वीकार्य नहुने भन्दै उहाँले म्यानमारलाई सैन्य कार्वाही रोक्न अपील गर्नुभएको छ ।

एक तिहाई जनसंख्याले मुलुक छाड्ने अवस्था आउनु नरसंहारकै रुप भएको महासचिव गुटरेशको भनाइ छ । उहाँले सेनासँग संघर्ष गरिरहेको रोहिंग्या लडाकू समूहको आक्रमणको पनि आलोचना गर्नुभयो । उहाँले घर फर्कन चाहनेलाई तत्काल फर्कने अनुमति दिन पनि म्यानमार सरकारसँग आग्रह गर्नुभएको छ ।

म्यानमारको सैनिकले भने सर्वसाधारणलाई केही नगरिएको भन्दै कार्वाही अतिवादी केन्द्रित रहेको जिकीर गरिरहेको छ । यसैबिच रोहिंग्याविरुद्धको हिंसा र शरणार्थी समस्याबारे राष्ट्रसंघको सुरक्षा परिषदमा भएको छलफलमा म्यानमार सरकारको कदमप्रति आलोचना गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *