सारिकाको मोहनी सार्बजनिक

काठमाडौं, भदौ २८ । नायिका तथा गायिका सारिका घिमिरेको गीति एल्वम मोहनीको लोकार्पण गरिएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रमका विच संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एंव वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, वरिष्ठ पत्रकार तथा गीतकार शान्तिप्रिय, वरिष्ठ गायिका संगीता राना, वरिष्ठ संगीतकार राजु सिंह, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, संगीतकार सन्तोष श्रेष्ठ, अर्जुन पोखरेल, गायिकाकी आमा रमा घिमिरेले मोहनी एल्वमको लोर्कापण गरेका हुन् ।

यस एल्वम भित्र चार वटा गीत संग्रहित रहेका छन् । रमेश थापा मगरको शब्द तथा जीतेन लेप्चाको संगीत रहेको के देखेर माया लायौ, शान्तिप्रियको शब्द तथा दीपक शर्माको संगीत रहेको मुलको पानी, सारिका घिमिरेको शब्द तथा सारिकाकै संगीत रहेको छमछम, सारिका घिमिरे कै शब्द तथा डेनी निरौलाको संगीत रहेको सान्नानीबोलको गीतहरु रहेका छन् । यस एल्बमको दुई गीतमा गायिका घिमिरेको आफ्नै शब्द रहेको छ भने एउटा गीतमा संंगीत पनि उनले भरेकी छिन् ।

कार्यक्रममा के देखेर माया लायौ बोलको गीतको भिडियो समेत सार्बजनिक गरिएको थियो । भिडियोमा गायिका आफैं मोडलको रुपमा देखीएकी छिन् भने उनलाई पुष्पल खड्काले साथ दिएका छन् । जितेन लेप्चाको संगीत रहेको यस गीतलाई रमेश थापामगरले लेखेका हुन् । भिडियोलाई भरत रेग्मीले निकैनै आकर्षक ग्राफिक्स्को साथमा सम्पादन गरेका छन् ।

एल्वम बिमोचन समारोहको आयोजक संस्था छायाँछबि क्रियशनका अध्यक्ष तथा बरिष्ठ चलचित्र पत्रकार शान्तिप्रियले सारिकाको अभिनयसँगै गायनमा पनि उचाई थपियोस भन्दै छायाँछवि क्रियशनले आगामी दिनमा चलचित्र समेत निर्माण भर्ने बताए । उक्त कार्यक्रममा एल्वममा संग्रहीत के देखेर माया लायौं गीतको भिडियो सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 15 =