लमजुङमा ट्रक दुर्घटना, एकजनाको मृत्यु

लमजुङ, भदौ २३ । लमजुङमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मध्यनेपाल–६, भोर्लेटारमा ग १ ख ६०९० नं को मालबाहक ट्रक दुर्घटना भएको हो ।

दुर्घट्नामा परी मकवानपुर, हेटाँैडाका अन्दाजी २२ वर्षीय सागर लामाको मृत्यु भएको ट्राफिक प्रहरी हबल्दार भूमिराज घिमिरेले जानकारी दिनुभयो ।

मृतक सोही ट्रकको सहचालक भएको प्रहरीले जनाएको छ । लमजुङ र कास्की सिमानामा निर्माणाधीन रुदी खोला जलविद्युत् आयोजनाको सामान पु¥याएर हेटाँैडातर्फ फर्कने क्रममा भोर्लेटार पिस्तीखोला नजिकै दुर्घटना भएको हो ।

ट्रकमा रहेका चालकसहित अन्य दुईजना सामान्य घाइते भएका छन् । सामान्य घाइते भएका ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्याक्टरमा आगलागी 

त्यसैगरी लमजुङको सदरमुकाम बेँसीशहर नजिकै ट्याक्टरमा आगलागी भएको छ । रातिमा ना १ त ४८०७ नम्बरको ट्याक्टरमा आगलागी भएकोे हो ।

बेँसीशहर–३ दनैगाउँमा सडक छेउमा राखिएको ट्याक्टरमा अज्ञात व्यक्तिले आगो लगाइदिएको हो । ट्याक्टर जलेर पूरै नष्ट भएको ट्राफिक प्रहरी भूमीराज घिमिरेले जानकारी दिनुभयो ।

बिहीबार बेलुकी ९ बजे सडक छेउमा पार्किङ गरेर घर गएपछि जलाइएको चालक विजय परियारले बताउनुभयो । सो ट्याक्टर बँेसीशहर–२, रानीकुवाका महेन्द्र बोहराको भएको थाहा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *