नेपाल आइडलको भोट नगन्न र सक्कल फाइल भदौ २३ गते बिहान १० बजे देखाउन अदालतको आदेश

काठमाडौं, भदौ २१ । अन्तर्राष्ट्रिय आइडल सिरिजको नेपाल संस्करण ‘नेपाल आइडल’को भोट गन्ने काम रोक्न काठमाडौं जिल्ला अदालतले अन्तरिम आदेश दिएको छ । अदालतले भोटिङलगायत सबै सक्कल फाइल लिएर अदालतमा उपस्थित हुनसमेत आदेश दिएको हो ।

अदालतले मुद्दाको विपक्षी नेपाल आइडल सञ्चालन गर्ने एपी वान टेलिभिजनलाई भदौ २३ गते बिहान १० बजे भोटिङलगायत कार्यक्रमका सबै सक्कल फाइल लिएर अदालतमा उपस्थित हुन आदेश दिएको हो । भोटि गन्ने काम एकपक्षीय रुपमा भएको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्नुभएको थियो ।

बुधबार जिल्ला अदालतका न्यायाधीश दिवाकार भट्टको एकल इजालाशले नेपाल आइडल विरुद्ध परेको रिटमा सुनुवाई गर्दै भोट गन्न रोक्न र सक्कल फाइ्लसहित उपस्थित हुन भनेको हो । अब आउँदो २३ गते दुवै पक्षको बहसपछि आइडल निरन्तर रहने वा के हुने भन्ने टुंगो लाग्ने छ ।

विभिन्न समय विवादमा तानिएको नेपाल आइडलले बुधबार फेसबुकमार्फत केही गुनासा भए सभ्य भाषामा व्यक्त गर्न तर नेपाली च्यानल र नेपालमा बनेका स्तरीय कार्यक्रम बन्द गराएर विदेशी परनिर्भताका लागि समाज बिगार्नेबाट जोगिन आग्रह गरेको थियो ।

यस्ताे छ अदालतको अादेश

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *