दोश्रो अन्तर मिडियाकप फुटसल प्रतियोगिताको उपाधी खेलकुद पत्रकार मञ्चलाई

काठमाडौं, भदौ १९ । सूर्यकुमार क्षेत्री दोश्रो अन्तर मिडियाकप फुटसल प्रतियोगिताको उपाधी खेलकुद पत्रकार मञ्चले जितेको छ । आज भएको फाइनल खेलमा मञ्चले माउण्टेन टेलीभिजनलाई ५–१ गोलअन्तरले पराजित गरेको हो ।

खेलकुद पत्रकार मञ्चका लागि दिल तामाङले २ तथा निशान राई, शुवास हुमगाईं, र दिपेन्द्र पोख्रेलले १, १ गोल गर्नुभयो । माउण्टेन टेलिभिजनका लागि सुमन चौधरीले १ गोल फर्काउनुभएको थियो । आज विहान भएको सेमिफाइनलमा मञ्चले नेपाल टेलिभिजनलाई ५–२ र माउण्टेलन टेलिभिजनले फोटपत्रकारलाई ३–१ ले जितेको थियो । खेलकुद पत्रकार मञ्च समूह ए र माउण्टेन टेलिभिजन समूह बी को बिजाते बन्दै सेमिफाइनल पुगेका थिए ।

विजेता खेलकुद पत्रकार मञ्चले ५० हजार र उपविजेता माण्टेन टेलिभिजनले २५ हजार रुपैयाँ नगद पुरस्कारसहित सिल्ड, मेडल पाएका छन् । गोल पोष्ट स्पोट्र्स एन्ड ट्रेनिङ सेन्टरले आयोजना गरेको प्रतियोगितामा १० वटा टिमको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *