काठमाडौँ सुन तस्करीको अड्डा बन्दै, ८८ किलो सुनसहित एक जना पक्राउ

भदौ १९, काठमाडौँ । प्रहरीले काठमाडौँको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । बा १७ च ६४२७ नम्बरको गाडीबाट प्रहरीले सुन बरामद गरेको एसएसपी दिवेश लाेहनीले जानकारी दिनुभयो ।

सोमबार बिहान गाडी चालकले स्टार्ट गर्नासाथ प्रहरी पुगेर नियन्त्रणमा लिएको थियो । स्ट्रोेम जीपबाट ८८ किलो सुन बरामद भएको र गाडी चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय प्रमुख जयबहादुर चन्दले जानकारी दिनुभयो ।

प्रहरीले गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि गएराति १० बजेदेखि नै निगरानी राखेको थियो ।

यतिधेरै सुन बरामद भएको नेपालको इतिहासमै पहिलोपटक हो । चन्दले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *