क्यान्सर पीडित ९ वर्षे विवेक सहयोगी हातहरू खोज्दै

रोशन पोखरेल । सन्तानको माया र ममता कति हुन्छ भन्ने कुरा कागजमा लेखेर र मुखले बोलेर अभिव्यक्त गर्न सकिँदैन किनकि आमाबाबुले आफ्ना सन्तान प्रति अगाढ माया, स्नेह, ममता, आफ्नत्व, आत्मियता र भरोसा गरिरहेका हुन्छन् । सबै बाबुआमाका लागि आफ्ना छोराछोरी सबैभन्दा प्यारा हुन्छन् । कुनै पनि बच्चाको दुःखद् मृत्यु हुँदा बाबुआमाको संसारमा अन्धकार छाउँछ । उनीहरूको दुःख शब्दमा बयान गर्न सकिँदैन ।

संसारमा बावुआमाको सबैभन्दा ठुलो धन आफ्ना छोरा-छोरी हुन् । बाबु-आमाको मन जहिले पनि छोरा-छोरीको माया-ममतामा बाँधिएको हुन्छ । छोराछोरीको हेरविचारमा बावुआमा सदैव तत्पर रहन्छन् । ममताले बाँधेको यो साइनो साँच्चै नै प्रगाढ हुन्छ । छोरा-छोरीलाई सानो घाउ,  दुःख, रोग, ब्याधि लाग्दा बावुआमाको मन अति हतासमा बहन्छ ।


बावुआमा आफ्नो सन्तानलार्इ ज्यानैको माया नगरी सधैँ आफ्नो मायाको आँचलमा राख्न चाहन्छन् । तर, विडम्वनानै मान्नु पर्छ आफू काँडामा टेकेर पनि बालबच्चालाई सुरक्षित ओबानो छहारी दिने तीनै बावुआमा मध्ये एक भोजपुर नगरपालिका १२, टक्सार कोटडाँडानिबासी ३६ वर्षीय गोपाल आचार्य खत्री र उनकी ३१ वर्षीय श्रीमती कल्पना आचार्य खत्री जो आफ्नो सन्तानको प्राण रक्षाका लागि सहयोगको याचना गरिरहेका छन् । उनीहरू आफ्नो ९ वर्षीय जेठो छोरो विवेकको जीवन रक्षाका लागि सहयोगका हातहरू फिजाईरहेका छन् । उमेरले ९ वर्ष भएका विवेक ब्लड क्यान्सर जस्तो प्राण घातक रोगको सिकार बन्न पुगेका छन् ।


ज्यालामजदुरीबाट जेनतेन गरेर छोराहरुको पढाई खर्च धान्दै आएका गोपाल यति बेला सहयोगका लागि छटपटाईरहेका छन् । ब्लड क्यान्सर पीडित उनका छोरा विवेक अहिले विपी मेमोरियल क्यान्सर हस्पिटल, भरतपुर चितवनमा उपचारत छन् । विवेकको पछिल्लो स्वास्थ्य अवस्था सुरुको भन्दा सुधारात्मक भएतापनि उनका बाबु गोपाललाई खर्च जुटाउन मुस्किल परेको छ । समयावधि हेलचेक्राई गर्न नहुने र यदि गरे उनको ट्रिटमेन्ट नाजुक हुन सक्ने डाक्टरले बताएको उनका बाबु गोपालले बताए ।

आर्थिक अवस्था कमजोर भएकाले उपचारमा अहिले गोपाल अरूको अगाडी सहयोगका हातहरू फैलाईरहेका छन् । विवेकको सुरुको उपचारदेखि अहिलेसम्म ९ लाख बराबरको उपचार खर्च भइसकेको गोपालले बताए ।

उनले सुरुमा उपचार गराउँदा आफन्त, दाजुभाइ, छरछिमेकबाट ऋणपान गरी पाँच लाख जति जुटाएका थिए । तर, बाँकी रकम सबै विदेशमा बस्ने गरेका साथिभाई, गाउँछिमेकबाट उपचार सहयोगार्थ रकम जुटाएको गोपाल बताउँछन् ।

सहयोगको हात फिजाउदै गोपाल साँझ बिहान नभनि सहयोगको याचनामा हिँडिरहेका छन् । गोपालले सहयोगका लागि विभिन्न सामाजिक सञ्जालतिर पनि सहयोर्थ साइट खोलेका छन् । उनले फेसबुकमा ‘विवेक बचाउ अभियान’ नामक फेसबुक खोलेका छन् । उनले यसमार्फत देश-विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपचार सहयोगार्थ भनेर विवेकको नाममा भरतपुरस्थित ग्लोबल आईएमईका खाता नम्बर (१८०७०१०००८६४९) पनि सार्वजनिक गरेका छन् । साथै, उनलाई सहयोगी हात बढाउन चाहनेहरुले ९८१०१९००५५ मा पनि सम्पर्क गर्न सकिने गोपालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *