पर्देशिलाई चाडपर्वले छुदैन नि ! आमा
२०७४ जेठ १५ गते

“
घर सम्झेर यत्ति मन रुदैन नि आमा ।।
पर्देशिलाई चाडपर्वले छुदैन नि आमा ।।
खास्सै खास लाग्दैनन आस देखाउनेहरु ।।
झ्वाट्ट विश्वास गरुँ झैँ लाग्दैन नि आमा ।।
यी भिडहरु छिचोलेर बतास चलिरहेछ ।।
तिमी सँगै भए जस्तो हुँदैन नि आमा ।।
चाडवाड आउँदा नरोउ है पर्देशी सम्झेर ।।
आसुँले दुख पिडाहरु टार्दैन नि आमा ।।
भकान्निएर बिताएका अतीत साक्षी छन् ।।
भिजेका परेली कसैले देख्दैन नि आमा ।।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








