स्थानियबासीको अग्रसरतामा पश्चिमी गण्डक नहरको सडक मर्मत

रबिन्द्र यादव, नवलपरासी । नवलपरासीको मुख्य पश्चिमी गण्डक नहरको सडक मर्मत कार्य स्थानीयले गरेका छन् । त्रिबेणी व्यारेज पुल देखि १९.५ किलोमिटरमा रहेको मुख्य पश्चिमी गण्डक नहरको कालोपत्रे सडकलाई बिहीबार प्रतापपुर गाउँपालिका वडा नं ६ झुलनिपुर भन्सार नजिक स्थानीय र सशस्त्र प्रहरी बिअोपी गुठी परसौनीले संयुक्त रूपमा नहर किनारको सडक मर्मत गरेका हुन् ।

सडकको छेउ छेउमा अविरल पानीले करिब १० मिटर भन्दा बढी कटान गरी क्षति पुर्याएको छ । भने, त्यसलाई नियन्त्रण गर्न स्थानीय र सशस्त्र प्रहरी हातेमालो गरी अगाडि बढेका छन् । नहरको सडक भत्किने र पानीको कटान हुँदै जाँदा सडक दुर्घटनामा समेत वृद्धि भएको छ । सशस्त्र प्रहरी र स्थानीयले जोखिमपूर्ण सडकलाई नियन्त्रण गर्न बोरामा माटो ढुङ्गा राखेर मर्मत कार्य अगाडि बढाएका हुन् । मर्मत कार्य बिअोपी गुठी परसौनीका प्रहरी निरिक्षक तेजबहादुर बुढाथोकीको नेतृत्वमा भएको थियो ।

वि सं १९६२ सालमा आएको भीषण बाढीले नेपालमा धेरै धनमाल र मानवीय क्षति पुर्याएको थियो । तत्कालीन नेपालका उप प्रधानमन्त्री सुवर्ण शमशेर जबरा र भारतको तर्फबाट भारतीय राजदूत भगवान् सहायबिच सन् १९५९ दिसेम्बर ४ तारिखमा बाढी नियन्त्रण, विद्धुत उत्पादन तथा सिचाइ गर्ने मुख्य उदेश्यले २१ बुदामा मुख्य पश्चिमी गण्डक नहर बनाउने सम्झौता भएको थियो । सम्झौतामा मर्मतका सम्पूर्ण कार्य भारतको विहार र उत्तर प्रदेशलाई जिम्मा दिइएको थियो तर भारतको उत्तर प्रदेश र बिहार सरकारलाई सडक मर्मत गर्न पटकपटक जानकारी गराउँदा पनि सरकारले बेवास्ता गर्दै आएको गण्डक नियन्त्रण सङ्घर्ष समिति नवलपरासीका सचिव दुधनाथ गुप्ताले बताउनु भयो ।

गुप्ताका अनुसार वि स २०६४ सालमा नहरलाई ३४ दिन सम्म बन्द गरियो । भने, सम्बन्धित पक्षलाई वार्तामा आउन बाध्य बनाइयो र गण्डक कमान्ड क्षेत्रका साबिक त्रिबेणी सुस्ता, रुपवलिया, कुडिया, गुठी परसौनी, नर्सही, बैदौली, पक्लिहवा, ठुलो खरेटवा, भुजहवा, सोमनी , जमुनिया र प्रतापपुर लगायत १३ गाविसमा वि सं २०४९ साल देखि २०६४ साल सम्म ८ हजार ४ सय ६४ घरधुरीमा उक्त क्षेत्रमा पटकपटक बाढीले २ अरब ९३ करोड ६० लाख ८३ रुपैयाँ धन क्षति भएको सङ्कलन क्षतिपूर्ति अहिलेसम्म भारतले दिएको छैन । केही दिन अगाडि सुस्ता गाउपालिका वडा नं १ र २ का स्थानीयले गण्डक नहरका कारण बाढी आउँदा धनमालको क्षतिपूर्ति माग गर्दै नहर भत्काउने प्रयास समेत गरी सकेका छन् । गण्डक नहरमा बनाइएको साइफनको सरसफाइ नहुदा वरिपरिका क्षेत्रमा किसानले लगाएका हजारौँ विगहा खेती पानीको डुबानमा परेर बर्सेनि करोडौं को नुक्सान हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *