दक्ष जनशक्ति नहुँदा स्वास्थ्यचौकी मुर्मामा प्रसुती सेवा प्रभावित

मुगु, भदौ १३ । मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर ९ मुर्मा गाउँमा लामो समयदेखि हेल्प नेपाल नामक गैर सरकारी संस्थाले स्वास्थ्य चौकि सञ्चालन गर्दै आए पनि स्वास्थ्य चौकिका लागि सरकारी दरबन्दि र दक्ष जनशक्ति नहुँदा प्रसुती सेवा प्रभावित हुँदै आएको छ ।

गैर सरकारी संस्थाका तर्फबाट स्वास्थ्यकर्मी र औषधिको व्यवस्था भए पनि सरकारी क्षेत्रबाट आवश्यक जनशक्ति व्यवस्था नहुँदा गर्भवती महिलाले प्रसुति सेवा नपाएर जिल्ला अस्पताल पुग्नु पर्ने बाध्यता रहेको स्वास्थ्य चौकिका प्रमुख हेल्थ असिस्टेण्ट कृष्ण रावलको भनाइ छ । स्वास्थ्य चौकिका लागि हेःप नेपालले सौर्य उर्जा, प्रसुती सेवा प्रवाहका लागि आवश्यक उपकरण व्यवस्था गरिदिएको भए पनि प्रसुति सेवा प्रवाहका लागि दक्ष जनशक्ति नहुँदा स्वास्थ्य चौकि पुग्ने गर्भवतीलाई सुरक्षित प्रसुतीका लागि जिल्ला अस्पताल पठाउने गरेको रावलले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *