धरानमा बन्ने भो ज्येष्ठ नागरिक मिलन केन्द्र

भरतराज शर्मा(गोपाल), सुनसरी । धरान उपमहानगरपािलका–१३ स्थित अमर सेवा समाजले ज्येष्ठ नागरिकहरूको लागि ज्येष्ठ नागरिक मिलन केन्द्र बनाउन जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । अमर सेवा समाजको गत शनिवार बसेको बैठकको हाल अमरहाट चोकस्थित समाजको फुलबारी रहेको स्थानमा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।उक्त निर्णयबारे वडा कार्यालयलाई जानकारी गराउने र ट्रष्ट सहित मिलन केन्द्रको भवन बनाउन आग्रह गरिने समाजका अध्यक्ष हरिबहादुर लिम्बुले जानकारी दिनुभएको छ । उनका अनुसार सो स्थानमा ज्येष्ठ नागरिकहरूको भेटघाट तथा विश्राम थलो बन्ने छ ।

करिब ४० जना ‘ज्येष्ठ नागरिकहरू अट्ने गरी ट्रष्ट हालेर भवन बनाउँछौं, त्यसको लागि जग्गा उपलब्ध गराउने निर्णय भएको छ,’ अध्यक्ष लिम्बुले भन्नुभयो । मिलन केन्द्र रहने स्थानमा योग अभ्यासको पनि व्यवस्था हुनेछ भने भेटघाट तथा विश्राम गर्न आउने ज्येष्ठ नागरिकहरुलाई चियापानको समेत प्रबन्ध गरिने समाजले जनाएको छ । ७० वर्ष पुगेपछि वृद्धवृद्धा अवस्थामा घरपरिवार र समाजले पनि ज्येष्ठ नागरिकहरुलाई वास्ता गर्दैनन् ।

केन्द्रकी अध्यक्ष एवं समाजसेवी सरला कायस्थले अमर सेवा समाजको निर्णय स्वागत योग्य रहेको प्रतिक्रिया दिँदै भन्नुभयो । प्रत्येक वडामा ज्येष्ठ नागरिकहरूको लागि मिलन केन्द्र स्थापना हुनुपर्ने उहाँको भनाई छ । त्यहाँ राजनीतिक, आध्यात्मिक, साहित्यिक भेटघाट हुन्छ र ज्येष्ठ नागरिकहरू बिचमा दुःख सुखको अनुभव सेयर हुन्छ,’ ध्यान पुग्नु जरुरी छ ।’

मिलन केन्द्र बनिसकेपछि ज्येष्ठ नागरिकहरुलाई लक्ष्यित गरेर त्यहाँ विभिन्न खेलकुदको सामग्रीहरू पनि राखिनेछ । जसले गर्दा ज्येष्ठ नागरिकहरुलाई रमाउन, समय कटाउन सहज हुनेछ । धरानका सबै वडाहरुमा मिलन केन्द्र निर्माण गर्न पहल गरिने पनि केन्द्रकी अध्यक्ष कायस्थले बताएकी छिन । नेपालमा ६० वर्ष उमेर पुगेका व्यक्तिहरूलाई ज्येष्ठ नागरिक मानिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *