नाईलनको साडीपछि छक्का पन्जा–२ को अर्को गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, भदौ १३ । दिपक राज गरी र दीपा श्रीनिरोलाको नयाँ चलचित्र छक्का पन्जा–२ को नयाँ गीत सार्वजनिक भएको छ । यसअघि यो चलचित्रको ‘ए दाजु नसमाउ नाडीमा’ बोलको गीत सार्वजनिक भएको थियो ।

युट्युब मार्फत चलचित्रको दोस्रो गीत ‘म त यता किनारामा (झ्याम्म झ्याम्म)’ बोलको गीत सोमबार सार्वजनिक गरिएको हो । हरिवंश आचार्य र आस्था राउतको स्वरमा रहेको गीतमा किरण कँडेलको संगीत छ ।

उत्तम सञ्जेलको शब्दमा रहेको गीतमा दिपकराज गिरी, प्रियंका कार्की, बुद्धि तामाङ र विल्सन बिक्रम राईले अभिनय गरेका छन् । दीपा श्रीनिरौलाको निर्देशनमा रहेको चलचित्र छक्का पन्जा–२ आउँदो असोज ११ गते प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + three =