बिपी साहित्य सम्मान’ सुवेदीलाई

काठमाडौं, भदौ १२ । जननायक बिपी कोइराला स्मृति ट्रष्टले यसवर्षको ‘बिपी साहित्य सम्मान पुरस्कार’ वरिष्ठ साहित्यकार प्रा.डा.अभि सुवेदीलाई दिने निर्णय गरेको छ ।

जननायक बिपी कोइराला स्मृति ट्रस्टले प्रत्येक वर्ष बिपी जयन्तीका अवसरमा रु एक लाख एक हजार राशीको बिपी साहित्य सम्मान पुरस्कार प्रदान गर्दै आएको छ ।

ट्रस्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्य सर्वश्री बलदेव शर्मा मजगैया, डा.धुव्रचन्द्र गौतम र सुशीलमान शेरचनसमेतको सिफारिस समितिको सर्वसम्मतिबाट सो निर्णय गरिएको हो ।

त्यसैगरी, ट्रष्टले प्रदान गर्ने यसवर्षको ‘सेनानी सम्मान पुरस्कार’ प्रजातन्त्र स्थापनाको संघर्षमा महत्वपूर्ण योगदान पु¥याउने दाङका तीर्थराज चैतुलाई दिने निर्णय गरेको ट्रष्टका महासचिव रामचन्द्र पोखरेलले जानकारी दिए ।

दुबै पुरस्कार यही भदौ २४ गते बिपी जयन्तीको अवसरमा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा प्रदान गरिने ट्रस्टले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =