कन्चनपुरको पुर्नवासमा बेवारिसे शव फेला

विष्णु जोशी, कन्चनपुर । कन्चनपुरको पुर्नवास नगरपालिका -९ का ३० वर्षीय सुरज सार्कीको बेवारिसे शव आज बिहान फेला परेको छ । पुर्नवास ९ को खड्डा जाने सडकको छेउमा रहेको खाल्डोमा मृत अवस्थामा भेटिएका सुरजको शवमा कुनै चोट नभेटिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक दलराम टमाटाले बताउनु भयो । शव घोप्टो अवस्थामा फेला परेको छ भने नाकबाट रगत आएको प्रहरीले जनाएको छ ।

शवलाई पोष्टमाटमका लागि सेती अञ्चल अस्पताल लैजान लागिएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै, दुई साता अघि मात्र पुनर्वास वडा न. ११ सिद्धदेवी मन्दिरमा माताको रूपमा बस्दै आएकी वर्ष ७९ कि धर्मा मल्लको समेत हत्या भएको थियो । बिहान पूजा गर्न जाँदा एक स्थानीयले मृतकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्यामा धारिलो हतियार प्रयोग गरिएको थियो । सोको अहिलेसम्म अनुसन्धान टुंगिएको छैन भने प्रहरीले घटना भएको २ साता हुँदा सम्म हत्यारा पत्ता लगाउन सकेको छैन ।

कञ्चनपुरमा एक महिना देखि शृङ्खलाबद रूपमा हत्या भई रहेको छ । गत साता महेन्द्रनगरमा सशस्त्र प्रहरी जवान नरेन्द्रबहादुर कुँवरको समेत हत्या भएको थियो । साउन २१ गते भीमदत्त नगरपालिका–९ मटैनाकी १० वर्षीय बालिका शीतल विष्टको हत्या भएको थियो । साउन २८ गते महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसको छात्रावासमा बस्ने विद्यार्थी डम्बर बहादुर जाग्रीको शव घाँटी रेटेको अवस्थामा भेटिएको भए पनि प्रहरी प्रशासन चुप लागेर बसेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + four =