एक गिलास पानीबाट पत्ता लगाउनुहोस घरमा कुन शक्तिको बास छ ?

एजेन्सी । हाम्रो घर एक समग्र ठाउँ हो, जहाँ हाम्रा धेरै जनाको भावना, विचारहरू तथा धेरै प्रकारका शक्तिहरूको भेट हुन्छ । परिवारका सदस्य, छिमेकी तथा घरमा आउने पाहुनाबाट विभिन्न भावना, विचार तथा नदेखिने शक्तिहरू एक पटक घरमा भित्रिएपछि, त्यसले हाम्रो आचरण र पुरै जीवनलाई निकै प्रभाव पार्छ । हाम्रो नाङ्गो आँखाले आफ्नो घरभित्रको यस्ता सकारात्मक वा नकारात्मक शक्ति, विचार वा भावनाहरू देख्न सक्दैनौ, तर महसुस पक्कै गर्न सक्छौँ ।

एउटा सजिलो तरिका प्रयोग गरी तपाईँले आफ्नो घरमा सकारात्मक वा नकारात्मक शक्तिको पत्ता लगाउन सक्नुहुन्छ । त्यसो त यस्ता शक्ति पत्ता लगाउने धेरै प्रविधि छन् । यहाँ हामी तपाईँलाई यस्तो सजिलो उपाय बताउँदै छौँ, जुन उपाय अपनाएर नकारात्मक शक्तिलाई आफ्नो घरबाट भगाई परिवारमा सद्धाभ कायम गर्न सक्नुहुन्छ ।

एक पारदर्शी सिसाको गिलासमा नुन र सेतो भिनेगर (अमिलो पदार्थ)को साथमा गिलासको १-३ भाग भरिने गरी सफा पानी राख्नुहोस् । अब त्यस गिलासलाई तपाईँ अशान्ति वा खराब महसुस हुने कोठामा राख्नुहोस् । तर, गिलास कसैले नदेखिने ठाउँमा एक दिनभरि अर्थात २४ घण्टा सम्म राख्नुपर्छ । कसैले थोरै मात्रै पनि हल्लाउन नसक्ने ठाउँमा राख्नुहोस् ।

२४ घण्टापछि उक्त गिलासलाई अवलोकन गर्नुहोस् । यदि तपाईँले राख्नु भएको गिलास जस्तो छोड्नुभयो त्यस्तै अर्थात् सफा छ भने त्यसलाई अर्को कोठामा त्यसरी नै राख्नुहोस्, जहाँ तपाईँलाई खराब महसुस हुन्छ । तर, यदि गिलासको पानीमा दाग वा पानीका फोकाहरु उठेका छन् भने सम्झनुहोस् त्यो कोठामा नकारात्मक शक्तिको प्रभाव बढी छ ।

यस प्रक्रियालाई दोहोर्याई रहुनुहोस्, जबसम्म राखेको सफा गिलास २४ घण्टासम्म सफा रहँदैन । यसरी हामी आफ्नो घरको नाङ्गो आखाले देख्न नसकिने नकारात्मक शक्तिलाई हटाउन सक्छौ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *