धरानबाट ट्याक्सी सञ्चालन नहुँदा यात्रुलाई सास्ती

भरतराज शर्मा(गोपाल), धरान । धरान धनकुटा सडक खण्डमा गएको पहिरो तथा सडकको स्तर उन्नती नहुँदा कोसी पहाडी राजमार्ग अन्तर्गत धरानबाट तेह्थुमको म्याङलुङका लागि सञ्चालन हुने ट्याक्सी सञ्चालन नहुँदा यात्रुहरुलाई समस्या भएको छ ।

वर्षाका कारण बिग्रीएको बसन्तपुर–म्याङलुङ सडक खण्डमा साना सवारी साधन सञ्चालन हुन नसकेको भन्दै आइतबार देखि ट्याक्सी व्यवसायीले ट्याक्सी सञ्चालनमा रोक लगाएपछि यात्रुहरुलाई समस्या भएको हो ।

सडक मर्मत नगर्दा साना सवारी साधन सञ्चालनमा समस्या भएको भन्दै आजदेखि उक्त सडक खण्डमा धरानबाट म्याङलुङका लागि ट्याक्सी सञ्चालनमा रोक लगाएको सुनसरी यातायात ब्याबसायी सङ्घका संयोजक अमृत भुजेलले बताउनु भयो ।

उहाँले सडकको स्तर उन्नति नगरे सम्म साना सवारी साधन सञ्चालन गर्न नसकिने भएकोले धरानबाट म्याङलुङ सम्म छुट्ने साना सवारी साधन बन्द गरिएको जानकारी दिनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *