देशभर उद्योग संख्या : ८० प्रतिशत उद्योग काठमाडौँमा

काठमाडौँ, भदौँ ११ । चालु वर्षको पहिलो महिना १४ अर्ब २९ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएमध्ये जलविद्युत क्षेत्रमा मात्रै ४५ प्रतिशत छ। पाँच जलविद्युत आयोजनाका लागि ६ अर्ब ४७ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको हो।

पर्यटन उद्योग अन्तर्गत ५ अर्ब ४१ करोड रुपैयाँ एउटै होटेलमा लगानी प्रतिबद्धता आएको छ। उत्पादनमुलक उद्योगमा एक अर्ब रुपैयाँको प्रतिबद्धता आउँदा सेवा उद्योगमा ५८ करोड र कृषि उद्योगमा २२ करोड बढी लगानी प्रतिबद्धता आएको छ।

५ वटा ऊर्जा उद्योग, ५ वटै उत्पादनमुलक उद्योग, पर्यटन र कृषिका एक÷एक गरी १२ उद्योगमा मात्रै कुल लगानीको ९० प्रतिशतभन्दा बढी प्रतिबद्धता आएको हो।

चालु आर्थिक वर्षको पहिलो महिनामा दर्ता भएका उद्योगमध्ये ८० प्रतिशत उद्योग काठमाडौँमा मात्रै दर्ता भएका छन्। काठमाडौँ र पोखरामा गरेर ९० प्रतिशत उद्योग शहरी क्षेत्रमा मात्र दर्ता भएका हुन्।

साउन महिनाभर ५४ वटा उद्योग दर्ता भएकोमा काठमाडौँ उपत्यकामा ३७ र सिमाना जोडिएका जिल्ला नुवाकोट, धादिङ, काभ्रेपलानचोक र सिन्धुपाल्चोकमा ५ वटा उद्योग गरी ४२ काठमाडौँ वरपार दर्ता भएका छन्।

१२ वटा उद्योग राजधानी वरपरभन्दा बाहिरका जिल्लामा दर्ता भएका छन्। जसमध्ये पोखरामा ४ वटा उद्योग दर्ता भएका छन्।

काठमाडौँ र पोखरा वरपर दर्ता भएका उद्योगको सङ्ख्या कुल उद्योगको ८६ प्रतिशतभन्दा बढी छ। बाहिर दर्ता भएका उद्योगमा हाईड्रोपावर क्षेत्रका छन्। झापा, चितवन, नवलपरासी र बाँकेमा एकरएक उद्योग दर्ता भएका छन्।

हाईड्रोपावरलाई छोडेर कुरा गर्दा ९० प्रतिशत उद्योग पनि शहरी क्षेत्रमा मात्रै दर्ता भएका छन्।

५४ उद्योगमध्ये ४१ उद्योगमा विदेशी लगानी छ। १३ वटा उद्योग मात्रै स्वदेशी लगानीमा दर्ता भएका छन्।

कुल उद्योगमध्ये सबैभन्दा धेरै पर्यटन उद्योग दर्ता भएका छन्। पर्यटनमा २१ उद्योग दर्ता हुँदा सेवा तर्फ १४ उद्योग दर्ता भएका छन्। उत्पादनमुलक उद्योग ९, ऊर्जा उद्योग ५, कृषि उद्योग ४ र सूचना प्रविधि तर्फ एउटा उद्योग दर्ता भएको छ।

सबैभन्दा धेरै साना उद्योग ३७ वटा दर्ता भएका छन्। मध्यम पुँजी भएका १३ उद्योग दर्ता हुँदा ठुलो पुँजी भएका ४ वटा उद्योग दर्ता भएका छन्।

कुल १४ अर्ब २९ करोड रुपैयाँको लगानी प्रतिबद्धता हुँदा दुई हजार बढीलाई रोजगारीको अवसर पनि सिर्जना हुनेछ।                                                                                              बिजमाण्डुबाट साभार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *