सात दिनभित्र नयाँ योजना पेस गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं, भदौ ९ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले नीतिगत सुधारसहितका तत्कालीन र दीर्घकालीन योजनाको खाका सात दिनभित्र पेस गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

ऊर्जा मन्त्रालयमा शुक्रबार आयोजित आर्थिक वर्ष २०७३/७४ को वार्षिक समीक्षा तथा समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री शाहीले ऊर्जा क्षेत्र विकासका लागि नयाँ योजनाको खाका माग गरेका हुन् ।

उनले प्रशासनिक तथा नीतिगत सुधारको योजनाको सूची पनि माग गरेका छन् ।

उनले ‘काम भएन, काम पाइएन भन्दै नबस्न र सात दिनभित्र कार्ययोजना पेस गर्न’ निर्देशन दिएका हुन् ।

विशेषगरी जलविद्युत् उत्पादन कम्पनी, जलविद्युत् उत्पादन तथा विकास कम्पनी, विद्युत् विकास विभाग, जल तथा ऊर्जा आयोग, राष्ट्रिय प्रसारण कम्पनीलगायतका निकायलाई कामको सूची पेस गर्न उनले निर्देशन दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *