यस्तो पनि चिडियाखाना, जहाँ हाँसको बचेराले जुत्ता लगाउँछन्

एजेन्सी । कपडा तथा जुत्तामोजा केवल मानिसका लागि मात्र त बनेको हो । जनावर र पशुपंक्षीले त भुत्ला र प्वाखले नै जिउको सुरक्षा गरेका हुन्छन् । खुट्टामा पनि प्रकृतिले त्यस्तै सुरक्षा कवच बनाइदिएको हुन्छ । जसका कारण उनीहरूलाई हामीले जस्तो जुत्ता लगाउनु पर्दैन । तर, यदि तपाईँले चिडियाखानामा राखेको कुनै जनावरले जुत्ता लगाएको देख्नुभयो भने के ठान्नुहुन्छ ?

सिंगापुरमा रहेको एक चिडियाखानामा हाँसको एउटा बचेरोले जुत्ता लगाउने गरेको छ । चिडियाखाना व्यवस्थापनले उक्त हाँसलाई जुत्ता लगाइदिने गरेको हो र यसको कारण निकै रोचक छ । सिंगापुरको ज्यूरोंग बर्ड पार्कमा यो वर्ष एउटा हाँसको बच्चा जन्मियो । अहिले यो झन्डै एक वर्षको हुन थालेको छ र उक्त बच्चाको निकै हेरचाह गरेको छ बर्ड पार्कले ।

बर्ड पार्कको भुइँमा कंक्रिट लगाइएको छ र बचेरोलाई कंक्रिटमा हिड्न निकै गाह्रो हुने गरेको थियो । डेढ किलो तौलको उक्त हाँसको त्यो पीडा देखेपछि चिडियाखानाका कर्मचारीले व्यवस्थापनलाई जानकारी गराए र हाँसको बचेराका लागि विशेष खालको जुत्ता तयार गरियो ।

यो बचेरो जब बाहिर निस्किन्छ, तब उसले जुत्ता पहिरिन्छ । जुत्ताको डिजाइन यस्तो पाराले गरिएको छ की त्यो उसको खुट्टामा पूर्णरुपमा फिट छ । बर्डपार्कका अधिकारीका अनुसार हाँस एउटा खुट्टाले उभिने जीव भएको हुँदा उसका खुट्टाका हड्डी निकै मजबुत हुनुपर्दछ । यो बचेराको खुट्टा तथा पाइताला अझै मजबुत रूपमा विकसित भैसकेका छन् । यसको उमेर बढेसँगै खुट्टाका हड्डी मजबुत हुनेछन् र यसको जुत्ता पनि निकालिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *