पल्सर स्पोर्टस् अवार्डलाई डिसहोम एक्सन स्पोर्टस् च्यानलको सहप्रायोजन

काठमाडौं, भदौ ७ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डलाई डिसहोम एक्सन स्पोर्टस् च्यानलले सहप्रायोजन गर्ने भएको छ ।

बुधबार राजधानीमा भएको कार्यक्रममा डिसहोम एक्सन स्पोर्टस् र नेपाल खेलकुद पत्रकार मञ्चबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

भदौ २६ गते आयोजना हुने पल्सर स्पोर्टस् अवार्डको पछिल्लो संस्करणमा विभिन्न ८ विधामा खेलाडी र प्रशिक्षकलाई पुरस्कृत गरिँदैछ ।

डिसहोमले ८ ओटै विधाका विजेतालाई डिसहोमको सेटअप बक्स र एक वर्षसम्मको रिचार्ज कार्ड उपलब्ध गराउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *