यी ७ हस्त रेखाबाट थाहा पाउन सकिन्छ तपाईँको भविष्य

एजेन्सी । धेरैजसो मानिसहरू आफ्नो हातको रेखा हेरेर सोच्ने गर्छन् कि, के उनीहरूलाई जीवनमा कहिल्यै सफलता मिल्ला ? तर, हामीमध्ये धेरैजनालाई हस्तरेखाको बारेमा जानकारी नै हुँदैन । तर, के तपाईँलाई थाहा छ कि, हातको पञ्जामा भएका धेरै रेखा हेरर आफैँले आफ्नो भविष्यबारे जानकारी लिन सकिन्छ । यसका लागि तपाईँलाई कुनै ज्योतिषको आवश्यकता पर्दैन । यो आलेखमा हामीले हातमा हुने रेखाको प्रकार र त्यसले तपाईँको भविष्यप्रति गरेको सङ्केतबारे उल्लेख गरेका छौँ ।

१. जीवन रेखा
जीवन रेखा तपाईँको हातमा हुने महत्त्वपूर्ण रेखा हो । जसमा तपाईँको जीवन र जीवनमा हुने महत्त्वपूर्ण घटनाको रहस्य लुकेको हुन्छ । यदि यो रेखा गहिरो र लामो छ भने तपाईँको स्वास्थ्य राम्रो हुने छ । यस्तै रेखा पातलो र छोटो छ भने जीवनमा अनेक कष्ट र दुःख सहनुपर्ने हुन्छ ।

२ हृदय रेखा
हृदय रेखामा तपाईँको प्रेम तथा नाता–सम्बन्धसँग जोडिएका कैयौँ रहस्य लुकेका हुन्छन् । यदि तपाईँ कुनै व्यक्तिको बारेमा जान्न चाहनुहुन्छ कि, त्यो व्यक्ति भावुक छ या छैन भनेर ? तपाईँ उसको हातमा भएको हृदय रेखा हेरर अन्दाज लगाउन सक्नुहुन्छ । हातको पञ्जामा रहेको हृदय रेखा सिधा र छोटो छ भने त्यस्तो व्यक्ति शब्दले वर्णन गरे भन्दा काम गरेर प्रेम दर्साउँछन् । यदि कुनै व्यक्तिको हातको यो रेखा मोडिएको छ भने त्यो व्यक्तिको इच्छा धेरै प्रबल हुन्छ ।

३ मस्तिष्क रेखा
मस्तिष्क रेखा कुनै व्यक्तिको ज्ञान तथा विवेकको जानकारी दिन्छ । साथै यसबाट तपाईँको मनोविज्ञानबारे पनि जानकारी लिन सकिन्छ । यो रेखा छोटो हुनुको अर्थ हो कि, तपाईँ जिन्दगीका जुनसुकै फैसला पनि एकदम सजिलै लिन सक्नुहुन्छ । यस्तै, यो रेखा लामो हुनुको अर्थ हो कि तपाईँ कुनै पनि कुराबारे गहिराइमा गएर बुझेर मात्रै निर्णय गर्नुहुन्छ । लामो र मोडिएको मस्तिष्क रेखा हुनुको अर्थ हो कि, तपाईँ रचनात्मक तरिकाले सोच्नुहुन्छ ।

४ भाग्य रेखा
यो रेखा बिच बिचमा टुटेको हुनु अथवा पातलो हुनुको अर्थ हो कि तपाईँको भाग्य बुलन्द छैन । तपाईँले जीवनमा धेरै समस्याको सामना गर्नुपर्ने हुनसक्छ । यदि यो रेखा तपाईँको औंलाबाट सुरु भएर जीवन रेखा छुन्छ भने तपाईँलाई परिवार र साथीहरुबाट सधैँ सुख प्राप्त हुने छ ।

५ सूर्य रेखा
यो रेखाको बारेमा धेरै व्यक्तिलाई जानकारी नै हुँदैन । यो रेखा तपाईँको हातको पञ्जामा ठाडो रूपमा कोरिएको हुन्छ । जसबाट थाहा हुन्छ कि, कुनै व्यक्ति कति रचनात्मक हुन्छ । साथै कुनै व्यक्तिमा कति आत्मविश्वास र योग्यता छ भन्ने अनुमान पनि यो रेखाबाट गरिन्छ । धेरैजसो मानिसहरूमा यो रेखाको अभाव हुन्छ ।

६ छोटा र पातला रेखा
हामीमध्ये धेरै व्यक्तिका हातमा छोटा र पातला रेखा धेरै हुन्छन् । यस्ता व्यक्ति धेरै संवेदनशील मानिन्छन् । साथै समय आउँदा यस्ता व्यक्ति सही र गलतको बिचमा फरक छुट्याउन दुविधामा पर्ने गर्छन् ।

७ हातमा धेरै कम रेखा हुनु
यस्ता व्यक्ति आफ्नो बचनको पक्का हुनुका साथै जिद्दी स्वभावका हुन्छन् । हातमा कम रेखा हुने व्यक्ति कहिल्यै कसैका लागि बदलिँदैनन् । यस्ता व्यक्तिसँग सम्बन्ध गाँस्नु र सम्बन्ध टिकाइ राख्नु तथा कुरा गर्न पनि गाह्रो हुने गर्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *