स्वाइनफ्लूबाट निको भए आमिर, फ्यानसँगै सेल्फी खिच्दै

काठमाडौं, भदौ ७ । स्वाइनफ्लूबाट ग्रसित बलिउड हिरो आमिर खान र उनकी पत्नी फ्लूको सफल उपचारपछि सार्वजनिक रुपमा बाहिर देखापरेका छन् ।

लामोसमय बाहिर नदेखिएका आमिर हालै मुम्बईमा फ्यानहरुसँग सेल्फी खिच्दै गरेको भेटिए ।
आमिर खान र उनकी पत्नी किरण राव दुबै स्वाइनफ्लूबाट ग्रसित भएपछि उनीहरु सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । विरामीका कारण उनीहरुले जल संरक्षण बिषयक कार्यक्रममा समेत सहभागी हुन पाएका थिएनन् । जसमा बलिउड स्टार साहरुख खान सहभागी भएका थिए ।

सिक्रेट सुपरस्टारमा आउँदै आमिर

आमिरको नयाँ फिल्म ‘सिक्रेट सुपरस्टार’ यही अक्टोबर १८ मा रिलिज हुँदैछ । यस फिल्ममा उनको भूमिका पहिलाको भन्दा निकै भिन्न रहेको उनले बताएका छन् ।
हालै उनको ‘सिक्रेट सुपरस्टार’को ट्रेलर सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *