मेलम्ची बजारमा पहिरो जाँदा २ घरमा क्षति

सिन्धुपाल्चोक, भदौ ७ । रातभरिको अविरल बर्षाको कारण मेलम्चीमा पहिरो जाँदा २ वटा घरमा क्षति पुगेको छ । अन्दाजि विहान ३ बजेतिर पहिरो झरेको स्थानियले बताएका छन । पहिरोसंगै आएको दुईओटा रुखले घरको छानोमा थिचेको छ भने यातायात पनि अबरुद्ध भएको छ ।

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्ष महेशकुमार श्रेष्ठको घर र सँगै रहेको योङ्ग तामाङ्गको मोटरसाईकलमा आंशिक रुपमा क्षति पुगेको छ । साथै नम्बर प्लेट नखुलेको एउटा मोबाईल सेल्सको सानो भ्यानमा पनि क्षति पुगेको छ । पहिरोले ३० मिटर सडकमा पुरै माटो ढुंगा र रुख थुपारीदिएको छ । अहिले मेलम्ची प्रहरी चौकिका निरीक्षक नवराज ढुंगानाको नेतृत्वमा रहेको प्रहरी टोली र नेपाली सेनाको टोली साथै स्थानीय बासिन्दाहरुले पहिरो पन्छाउने काम भइरहेको छ ।

पहिरो हटाउन समय लाग्ने भएकाले आज दिनभरी नै यातायात सञ्चालन हुन नसक्ने प्रहरी निरीक्षक ढुंगानाले जानकारी दिनुभयो । पहिरो गएको ठाउँ जोखिमपुर्ण रहेकाले अझै पहिरो खस्न सक्ने सम्भावना रहेकोले सजग हुन पनि प्रहरीले भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *