मुगुमा करिब ३ हजार नयाँ मतदाता थपिए

मुगु, भदौ ६ । जिल्ला निर्वाचन कार्यालय मुगुमा एक महिनाको अवधिमा झण्डै ३ हजार नयाँ मतदाता थपिएका छन् । एक महिनाको अबधिमा फोटोसहितको मतदाता नामावलीमा २ हजार ७ सय ८१ मतदाता थपिएका हुन् ।

निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनीधी सभा प्रयोजनका लागि साउन महिना भरी नयाँ मतदाता नामावली संकलन तथा पुरानो मतदाता नामावली अद्यावधिक गर्ने भनेपछि २ हजार ७ सय ८१ नयाँ मतदाता थपिएर ३० हजार २ सय २८ पुगेको जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी हरि उपाध्यायले जानकारी दिनुभयो ।

साउन ३१ गते देखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालय र साउन १६ गते देखि जिल्लाका तिन वटा गाउँपालिका र एउटा नगरपालिकामा साउन ३२ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *