नक्कली गहनासहित बाँकेमा तीनजना पक्राउ
२०७४ जेठ १५ गते

“
नेपालगन्ज, भदौ ६ । नक्कली गहनालाई पहेँलो धातुको जलप लगाई सक्कली सुन सरह बिक्रीको प्रयास गर्ने तीनजनालाई बाँके प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले मंगलबार (आज) पत्रकारसम्मेलनको आयोजना गरी नक्कली गहनासहित अभियुक्तहरु बाँकेका मंगलप्रसाद थारू, सिन्धुपाल्चोकका कृष्णलाल श्रेष्ठ र जाजरकोटका पूर्णबहादुर विकलाई सार्वजनिक गरेको हो ।
नेपालगन्जस्थित एकहोटलबाट भदौ ३ गते पक्राउ गरिएका ती अभियुक्तबाट प्रहरीले पहेँलो धातुको जलप लगाएको दुई किलो ३०५ ग्राम नक्कली गहना बरामद गरेको थियो ।
बाँके प्रहरी उपरीक्षक टेकबहादुर तामाङले पक्राउ परेका अभियुक्तमध्ये पूर्णबहादुर विक यसअघि पुराना बहुमूल्य धातु चोरी गरेको अभियोगमा पक्राउ परिसकेका व्यक्ति भएको बताए ।
‘हामीले अभियुक्तबाट कोही ठगिएका छन् भने जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न सूचना जारी गरेका छौँ, प्रहरीले पनि यस सम्बन्धमा थप अनुसन्धानसमेत गरिरहेको छ’, उनको भनाइ थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








