करेन्ट लागेर तीन घाइते

२०७४ जेठ १५ गते

“
दमक, ६ भदौ । झापाको गौरीगञ्ज गाउँपालिका–१ स्थित कुञ्जीबारी बजारको एक घरमा हाइटेन्सन बिजुलीको तार खस्दा तीनजनालाई करेन्ट लागेको छ । करेन्ट लागेका तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
आज बिहान करिब ६ बजे पोलमाथिको तार स्थानीय चन्द्र काफ्लेको घरमा खस्दा चन्द्र काफ्ले, उनकी श्रीमती राधिका र छोरी दमन्ता गम्भीर घाइते भएका हुन् ।
करेन्ट लागेर गम्भीर घाइते तीनैजनाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको स्थानीय नगेन्द्र कुँवरले जानकारी दिनुभयो । करेन्ट लागेर काफ्लेका दुईवटा चौपायासमेत मरेका छन् । रासस
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया