ताप्लेजुुङमा ९ हजार मतदाता थपिए

ताप्लेजुङ, भदौ ५ । स्थानीय तहको निर्वाचनपछि ताप्लेजुङमा ८ हजार ९ सय बढी मतदाता थपिएका छन् । गत साउन १ गतेदेखि सञ्चालित फोटोसहितको नयाँ मतदाता नामावली संकलन कार्यक्रम अन्तर्गत जिल्लामा ८ हजार ९ सय ६३ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

जसमा ४ हजार १ सय ६२ महिला र ४ हजार ८ सय १ पुरुष रहेका छन् । जिल्ला निर्वाचन अधिकारी गणेश अधिकारीका अनुसार सबैभन्दा बढिले जिल्ला स्थित कार्यालयमा नाम दर्ता गराएका छन् । २ हजार ४ सय ८८ महिला र २ हजार ७ सउ २४ पुरुष गरि ५ हजार २ सय १२ जनाले कार्यालयमा आएर दर्ता गराएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *