ताप्लेजुुङमा ९ हजार मतदाता थपिए
२०७४ जेठ १५ गते

“
ताप्लेजुङ, भदौ ५ । स्थानीय तहको निर्वाचनपछि ताप्लेजुङमा ८ हजार ९ सय बढी मतदाता थपिएका छन् । गत साउन १ गतेदेखि सञ्चालित फोटोसहितको नयाँ मतदाता नामावली संकलन कार्यक्रम अन्तर्गत जिल्लामा ८ हजार ९ सय ६३ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।
जसमा ४ हजार १ सय ६२ महिला र ४ हजार ८ सय १ पुरुष रहेका छन् । जिल्ला निर्वाचन अधिकारी गणेश अधिकारीका अनुसार सबैभन्दा बढिले जिल्ला स्थित कार्यालयमा नाम दर्ता गराएका छन् । २ हजार ४ सय ८८ महिला र २ हजार ७ सउ २४ पुरुष गरि ५ हजार २ सय १२ जनाले कार्यालयमा आएर दर्ता गराएका हुन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








