हिमानी कोषले तराईका बाढीपीडितलाई सहयोग गर्ने

काठमाडौं, भदौ ५ । परोपकारी संस्था हिमानी कोषले तराईका बाढीपीडितलाई राहत सहयोग गर्ने भएको छ ।

हिमानी कोषले विज्ञप्ति जारी गरी बाढीबाट अस्तव्यस्त पर्सा जिल्लाका केही डुबानमा परेका गाउँका बासिन्दालाई यही भदौ ७ गते राहत वितरण गर्ने जनाएको हो ।

कोषकी अध्यक्ष हिमानी राज्यलक्ष्मी देवी शाहले पर्साका ५ सय घरका लागि त्रिपाल, चामल, दाल, नून, तेल र चिउसालगायतका सामग्री वितरण गर्न लागेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *