समलिङ्गी मोनीका शाहीको बिवाहको चर्चा गलत: नील हिरा समाज

काठमाडौं, भदौ ३ । नील हिरा समाजले केही समय अघि मात्रै सेम सेक्स म्यारिज गरेर चर्चामा आएकी मोनीका शाही र रमेशनाथ योगीले समलिङ्गी बिवाह गरेको भन्दै प्रचार गरेर भ्रम फैलाईरहेको आरोप लगाएको छ ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समाजले एउटा नारीको अधिकारलाई कुण्ठित गरेर अधिकार पाउनुलाई कुनैपनि हालतमा समलिङगी विवाहको रुपमा स्विकार गर्न नसकिने बताएको हो ।

समाजकी अध्यक्ष पिंकि गुरुङले अरुको जिन्दगी बर्वाद गरेर आफ्नो खुशि प्राप्त गर्नु सकारात्मक काम नभएको टिप्पणी गरिन्। उनले भनिन्,‘मोनीका शाहीले जुन प्रकारले बिवाह गर्नुभएको छ, त्यो हाम्रो पनि माँग हो, तर श्रीमती र सन्तानको बाबुसँग बिवाह गरेर उहाँले अर्को नारीको अधिकार हनन् गर्नुभएको छ, यो राम्रो काम होईन, घरमा छोराहरु छन भन्ने खबर हामीले पाएका छौँ, यस्तो स्थितिमा कानुनले कसरी मान्यता दियो ? उहाँको भनसुनबाट प्राप्त गरेका कागजातहरु दोषपूर्ण छन्।’

त्यस्तै अधिवक्ता सुरज पन्तले महिला र विवाहको सन्दर्भमा कडा कानुन बनेको भन्दै मोनीका र रमेशनाथ योगीले गरेको विबाहले कानुनी मान्यता नपाएको जिकिर गरे ।

पन्तले भने,‘रमेशजीको घरमा श्रीमती हुनुहुन्छ, सन्तान छन्, अनि यस्तो स्थितिमा कसरी उहाँहरुको त्यो बिवाह कानुनसम्मत् छ र भयो ? उहाँले गर्नु भएको काम महान हो तर अरु कसैको अधिकारलाई, अरुको स्वतन्त्रतालाई आँच पुर्याएर प्राप्त गरेको खुशी कुनैपनि हालतमा कानुनसम्मत छैन् र हुँदैन।’

कार्यक्रममा पिटर अनुजले विज्ञप्ती वाचन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *