ख्याल गर्नुहोस् सीएफएल चीमले ज्यान नै जाला !

काठमाडौं, भदौ ३ । विद्युत खपत कम गर्न एकचोटी नेपाल विद्युत प्राधिकरणले नै उपभोक्तालाई सीएफएल चीम वितरण गरेको थियो । अहिले देशभर प्रायले सीएफएल चीमको प्रयोग गरेको भेटिन्छ । हुन त सीएफएलभन्दा पनि कम विद्युत खपत गर्ने एलइडी चिम आइसकेका छन् । तर मूल्यका हिसावले सस्तो हुने भएकाले धेरैजनाले अहिले पनि सीएफएल नै रोज्ने गर्छन् ।

बिद्युत खपत कम गर्ने भएकाले यसको फाइदा छ । तर हामीमध्ये धेरैजनालाई यो थाहा नहुन सक्छ कि, सीएफल चीम हाम्रो स्वास्थ्यका लागि धेरै हानिकारक छ ।

यदि सीएफएल चीमको प्रयोग गर्दा सावधानी अपनाउन सकिएन भने मानिसको ज्यान नै जान सक्छ । हालै क्यानडाका स्मिथले सीएफएल चीमको प्रयोगमा लापरवाही गर्दा दुवै खुट्टा र हात गुमाउनु पर्यो ।

खासमा स्मिथ बजारबाट सीएफएल चीम ल्याएर घरमा जडान गर्दै थिए । तर असावधानीवस चीम फुट्यो र त्यसका केही टुक्रा उनको खुट्टामा डुब्यो । सीएफएल चीममा प्रयोग हुने पारा मर्करीले गर्दा उनको खुट्टा र हातको मासुमा संक्रमण भयो । जसले क्यान्सरजस्तो प्राणघातक रोग लाग्ने संभावना बढेपछि उनको हात र खुट्टा काट्नुपरेको चिकित्सकहरुले बताएका छन् ।

चीम फेर्दा ध्यान दिनुहोस्

हामीले घरमा प्रयोग गरिरहेको सीएफएल चीम फ्यूज भए हामी त्यसलाई तुरुन्तै फेर्ने कोशिष गर्छौं । तर त्यस्तो गर्नु खतरनाक हुन्छ ।

फ्यूज भएको चीमलाई पहिले सेलाउन दिनुहोस् । किनभने बलिरहेकै अवस्थामा फ्यूज भएको चीम तातो हुन्छ, र त्यसलाई छुँदा फुट्ने सम्भावना हुन्छ ।

कारणवस सीएफएल चीम फुटिहाल्यो भनेपनि ख्याल गर्नुहोस्, त्यसका टुक्रा हात हा खुट्टामा नबिजोस् । यदि पंखा चलाइरहनुभएको छ भने पनि बन्द गरिदिनुहोस्, ताकी सीएफएल चीमका टुटेका टुक्राहरु कोठाभरी नफैलिउन् ।

सीएफएल चीमका टुटुेका टुक्रा बटुल्दा मुखमा माक्स तथा रुमालले बाँध्नुहोस् । हातले चीमका टुक्रा उठाउँदा पन्जा लगाउनुहोस् ।

सीएफएल चीमका टुक्रा फालिसकेपछि तुरुन्त साबुन पानीनले हात धुनुहोस् । यदि सावधानी अपनाउँदा अपनाउँदै पनि चोट लागिहाल्यो भने तुरुन्त चिकित्सककहाँ जानुहोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *