अजयमेरु गाउँपालिका डडेल्धुराले पहिलो बैठक भत्ता बढीपीडितलाई

डडेल्धुरा, भदौ २ । अजयमेरु गाउँपालिका डडेल्धुराको प्रथम गाउँसभाले पहिलो बैठकको भत्ता बाढीपीडितलाई दिने निर्णय गरेको छ ।देशका विभिन्न क्षेत्रमा भएको बाढी पहिरोको पीडालाई कम गर्न देशैभरीबाट राहत संकलन गरेर सहयोग होस् भनेर आफूहरुले पाउने भत्ता दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

गाउँपालिका अन्तगरतका सबै जनप्रतिनिधिको एकदिनको भत्ता, शिक्षक र कर्मचारीको एकदिनको तलव गाउँपालिका अध्यक्ष राहत कोषमा जम्मा गरि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको अध्यक्ष भट्टले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *