जनसम्पर्क समिति बेलायतको कोषाध्यक्ष पदमा पाैडेलको उम्मेदवारी

अगष्ट १८, बेलायत । बेलायतमा रहेका नेपालीहरूको सङ्गठन नेपाली जनसम्पर्क समिति बेलायतको आउँदो सेप्टेम्बर १७ (असोज १) गते हुन लागेको अधिवेशनमा लिलाधर पाैडेलले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।

चितवनका स्थायी बासिन्दा पाैडेल लामो समयदेखि जनसम्पर्क समितिमा बेलायतमा आबद्ध रहनु भएको छ । बेलायतमा क्रियाशील पाैडेल विभिन्न सामाजिक सङ्घ संस्थाहरूमा आबद्ध हुनुहुन्छ । नेपालमा चितवन घर भएका पौडेल विगत ८ वर्षदेखि बेलायत बस्दै आउनु भएको हो । पौडेलले बेलायतका विभिन्न संघसँस्थामा सक्रिय रूपमा काम गर्दै आउनु भएको छ । पौडेलले नेपालमा अरुणोदय क्लेज चितवनको ने वि सङ्घ अध्यक्ष र नेपाली कॉंग्रेसको क्रियाशील सदस्यभै सक्रिय रूपमा काम गरी सक्नु भएको छ । अबको नेतृत्व युवा वर्गमा जानुपर्छ भन्ने भावनाले गर्दा आफूले उम्मेदवारी दिएको पौडेलले बताउनुभयो ।


नेपालको सबैभन्दा ठुलो राजनीतिक दलको भातृ सङ्गठनको एक दशक सम्म अधिवेशन हुन नसक्नु दुखको कुरा भएको उहाँको भनार्इ छ । युवा नेतृत्वले मात्रै बेलायतमा यत्रतत्र छरिएर बसेका कॉंग्रेसीहरुलार्इ एकजुट बनाउन सक्छ भन्ने पौडेलको भनार्इ छ ।

कोषाध्यक्ष नै किन भन्ने प्रश्नमा, विगतका समितिले स्पष्ट रूपमा आर्थिक प्रतिवेदन नदेखाएको र समितिको एउटा पनि आधिकारिक बैक खाता नभएको कारण यी सबै समस्याको समाधानको लागी ऑफुले उमेद्वारी दिएको पौडेलको भनार्इ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *