मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

निजी क्षेत्रद्वारा श्रम ऐन र सामाजिक सुरक्षा ऐनको स्वागत

काठमाडौं, भदौ १ । निजी क्षेत्र एवं ट्रेड युनियनहरुले हालै व्यवस्थापिका–संसदबाट पारित श्रम ऐन र सामाजिक सुरक्षा ऐनको स्वागत गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार राजधानीमा गरेको कार्यक्रममा महासंघसहित ट्रेड युनियनले ती ऐनको स्वागत गरेका हुन् ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले ती दुई ऐन पारित भएसँगै रोजगारदाता र मजदुरबीचको सम्बन्ध राम्रो हुने बताए ।

औद्योगिक क्षेत्रको उत्पादन बढाउन ती ऐन कोशेढुंगा बन्ने उनको भनाइ थियो ।

महासंघ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगारदाता र मजदुरबीच रहँदै आएको ‘ग्याप’ हटाउन ऐन सफल भएको बताए ।

यस्तै, ट्रेड युनियन कांग्र्रेसका अध्यक्ष खिलनाथ दाहालले २० वर्षदेखिको प्रयास सफल भएको बताए ।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले औपचारिक एवं अनौपचारिक क्षेत्रलाई समेटेको उनले बताए ।

जिफन्टका अध्यक्ष विष्णु रिमालले ती ऐन पारितसँगै रोजगारदाता र श्रमिक दुबैको जित भएको बताए ।

प्रतिकृयाहरु
Loading...