गौरीका सिंहको नयाँ राष्ट्रिय किर्तीमान

भदौ १, काठमाडौँ । आजदेखि काठमाडौँमा सुरु राष्ट्रिय पौडी प्रतियोगितामा ओलम्पियन पौडीवाज गौरीका सिंहले नयाँ राष्ट्रिय किर्तीमान बनाएकी छन् । बिहीबार बिहान सम्पन्न भएको ५० मिटर बटरफ्लाइ स्पर्धामा गौरीकाले नयाँ किर्तीमान बनाएकी हुन ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी पोखरीमा भएको ५० मिटर बटरफ्लाइको हिट चरणमा गौरीकाले २९.०४ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

यसअघि यो कीर्तिमान अर्की जलपरी शोफिया शाहको नाममा थियो । उनले सातौँ राष्ट्रिय खेलकुदमा ३२.०६ सेकेण्डको टाइमिङ निकालेकी थिइन् ।

नेपाल पौडी सङ्घको आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा गौरीकाले पाँच वटा स्पर्धामा भाग लिएकी छन् । २९ स्पर्धामा खेलाइएको प्रतियोगितामा १४४ खेलाडीको सहभागिता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *