भदौ २ र ३ गते विज्ञान र वैज्ञानिक सम्मेलन हुने

काठमौं, साउन ३२ । राजधानीको कमलादि स्थित प्रज्ञाभवनमा भदौ २ र ३ गते पाँचौ अन्तराष्ट्रिय विज्ञान र वैज्ञानिक सम्मेलन हुने भएको छ । चैतन्य सरवात ईनिस्टिच्युटले आज राजधानीमा पत्रकार सम्मेलन गरेर यो जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा नेपाल विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर जिवराज पोखरेलले यस्तो प्रकारकारका गोष्टि नेपालमा प्राय कम हुने बताउनुभयो । त्यस्तै ईतिहासविद् डा.निदेशराज पन्तले यस्ता प्रकारका गोष्ठीले पूर्व पश्चिमलाई जोड्नमा मद्दत पुर्याउने दावि गर्नुभयो । २ दिनसम्म चल्ने गोष्ठिमा अमेरिका,बेलायत, ईन्डोन यशिया, इजरायल, कोलम्बिया लगायतका देशका वैज्ञानिकहरुले कार्यपत्र प्रस्तुत गर्ने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *