पानी जमेको खाल्डोमा डुबेर सात वर्षीय बालकको मृत्यु

मोरङ, ३२ साउन । मोरङको उर्लाबारीसँगै सीमा जोडिएको झापाको दमक नगरपालिका–१० नलबारीमा पानी जमेको खाल्डोमा डुबेर सात वर्षीय एक बालकको मृत्यु भएको छ ।

गोविन्द लिम्बुको ६ वर्षीय छोरा तिलक लिम्बुको घर अगाडि वर्षाको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो ।

आज बिहान बालकलाई उनकी आमाले पानीमा डुबेको अवस्थामा भेटेपछि उपचारका लागि उर्लाबारीस्थित गोदावरी अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताउनुभयो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *