सवारी साधन दर्ताबाट २६ करोड राजश्व

लहान, ३२ साउन । सगरमाथ अञ्चल यातायात व्यवस्था कार्यालय सिरहाले आर्थिक वर्ष २०७३/७४ मा १३ हजार नयाँ सवारी साधन दत्र्ता गरेको छ ।

सबैभन्दा बढी मोटरसाइकल १० हजार ७८७ वटा, ट्याक्टर एक हजार १८, सिटी रिक्सा ९०८, जिप पिकप भ्यान २१६, बस ३१ तथा एम्बुलेन्स २७ वटा दर्ता भएको कार्यालय प्रमुख ओमकारप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

नयाँ सवारी साधन दर्ता, नवीकरणर सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट कार्यालयले रु २६ करोड २४ लाख ४४ हजार राजश्व संकलन गरेको छ । आव २०७२/७३ मा सो कार्यालयमा १३ हजार ७४० सवारी साधन दर्ता भई रु १५ करोड २६ लाख २१ हजार राजश्व संकलन भएको थियो ।

आव २०७३/७४ मा कार्यालयले ५१६ जनालाई सवारी चालक अनुमतिपत्र वितरण गरेको थियो । सगरमाथा अञ्चल कार्यालयले सिरहासँगै सप्तरी, उदयपुर, ओखलढुङ्गा, खोटाङ र सोलुाखुम्बु जिल्लाका सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *