४८ बर्षीय सांसद सिन्धु जलेसाको संगीत मोह !

देशको सेवामा लागेका कोही सांसदले गीत गाउँछ ? जति गीत गुनगुनाउथ्यो तन्नेरी छँदा मात्रै गाए । तर, एमाले सांसद ४८ बर्षीय सिन्धु जलेसा (बूढाथोकी)ले आफ्नै स्वरमा राष्ट्रियताले ओतप्रेत गीत सार्वजनिक गर्ने भएकी छिन् ।

नेपाली नारीहरुका लागि विशेष दिन तीजको अवसर पारेर ‘वीरभूमि नेपाल हो,मातृभूमि नेपाल हो,कर्मभूमि नेपाल हो’आज बुधबार सार्वजनिक हुँदैछ। गीत रचना बुवा प्रचण्डबहादुर बुढाथोकीले गरेका हुन्। यो गीतको लय अन्यभन्दा बिल्कुलै फरक छ,सांसद बूढाथोकीलेभ भनिन्,‘मेरो आफ्नै स्वर र रचना रहेको ‘तीजै आयो दिदी र बैनी, नाचौं है छमछम माइतीघरैमा’ भन्ने गीत पनि आज बुधबार नै सार्वजनिक हुँदैछ ।’ यो गीत विशेषगरि पढाइ र कामको सिलसिलामा विदेसिएका महिलाको समस्या र वेदना आधारित रहेको उनले सुनाइन् ।

‘मेरो संगीत यात्रा राजनीतिसँगै अघि बढ्यो । बुवाले संगीतको लय नसिकाउँनुभएको भए आज म यो स्थानमा हुन्न्थे होला ।’उनले आफ्नो बुवाको प्रशंसा गरिन् । २०२६ सालमा अर्घाखाँचीमा जन्मिएकी उनी २०२९ सालमा सपरिवारका मधेस झरेकी थिइन् । वितगका दिनहरु सम्झिदै उनले भनिन् ‘मधेसका विभिन्न स्कुलमा अध्यापनसँगै संगीत क्षेत्रमा आबद्ध भएको थिए ।’

बुवा माले पार्टीमा आवद्ध थिए । बुवाले पार्टीमा गीत गाउँथे । सिन्धु बुवाको पछि लाग्थिन् । ‘ म बुवासँगै ताल मिलाउँदै गीत गाउथे । अहिले पार्टीमा गीत नगाइ धर पाउँदिन सबैले गीत गाउन आग्रह गर्नुहुन्छ ।’

संगीत सँगै विशेष रुची राजनीतितर्फ भएकाले संगीत क्षेत्रलाई निखार्न सकिन उनले भनिन्,‘२०४३ सालमा भएको राष्ट्रिय पञ्चायतको निर्वाचनमा नेकपा मालेका तर्फबाट निर्वाचनमा लडेका उम्मेदवारहरुका निम्तिट गीत गाउँदै भोट मागे । त्यतिबेला मालेबाट चन्द्रपाणी खनाल उम्मेदवार हुनुहुन्थ्यौँ । त्यतिबेला म सानै थिए । ’ त्यसपछि पढाइलाई निरन्तरता दिदैं उनी २०४३ सालमै अखिल नेपाल महिला संघ नवलपरासीको जिल्ला सचिव भइन् । ०४५ सालमा उनी बुटवल क्याम्पस पढ्न आइन्। २०४७ मा दिव्यज्योति बहुमुखी क्याम्पस स्ववियुमा कोषध्यक्षसम्म भइसकेकी छिन् ।

राजनीतिसँगै संगीतलाई पनि धेर थोर समय दिन थालिन् । तर, संगीतभन्दा राजनीतिमै बढी केन्द्रित हुनुपथ्र्यौँ उनी भन्छिन्,‘प्रगतिशील, लोक, आधुनिक र बाल विधा गरी करिब ३५ वटा गीत गाइसकेकी छु । मेरो गायनले राजनीतिमा अघि बढ्न निकै मद्दत गरेको छ।’

पार्टीभित्र सबैले अफ्नो कला र गलाको सम्मान गर्ने उनले बताइन् । ‘मलाई पार्टीका सबै तहका नेता तथा कार्यकर्ताले चिन्नुहुन्छ। पार्टीको गहना भन्नुहुन्छ। यसले मलाई गर्व महसुस हुन्छ, सबैले एउटा गायक सांसद भएकोमा हामी खुशी छौं, भन्नुहुन्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *