भारतमा बाढीको तान्डव ५६ जनाको मृत्यु, ७० लाख प्रभावित

एजेन्सी । नेपालमा बाढीले तान्डव मच्चाएसँगै भारतको बिहार राज्यमा पनि पछिल्लो ४८ घण्टामा ५६ जनाको ज्यान लिएको छ । बिहारको ९ जिल्ला ५६ जनाको ज्यान गएको हो । बाढीले १३ जिल्ला प्रभावित भएको भारतीय संचार माध्यमले जनाएका छन् ।

बिहार सरकारको विपत प्रवन्धन विभागले बिहारका विभिन्न ९ जिल्लामा ५६ जनाको मृत्यु भएको पुष्टि गरेको छ । बाढीले अररिया जिल्लामा सबैभन्दा बढीको ज्यान लिएको छ।

पश्चिम चम्पारणमा बाढीले ९ जनाको ज्यामन लिएको छ भर किशनगंज जिल्लामा ८ जनाको मृत्यु भएको छ । विपत प्रबन्धन विभागका अनुसार बिहारका करिब ७० लाख नागरिक बापीको चपेटमा परेका परका छन् भने ३ हजार ७ सय ३४ गाउँ बाढीबाट प्रभावित छन् ।

राज्य सरकारले बाढीमा फसेका नागरिकलाई सुरक्षित निकाल्न युद्धस्तरमा काम भइरहेको दावी गरेको छ । अहिलेसम्म करिब दुई लाख ५० हजार बाढी प्रभावितलाई सुरक्षित स्थान पुराइएको बिहार सरकारले जनाएको छ । विगत २४ घण्टामा मात्रै ६६ हजारलाई सुरक्षित स्थानमा सारिएको छ । एनडीआरएफको २२ र एसडीआरएफको १५ वटा बोट बचाउ कार्यमा खटाइएको छ । राज्य सरकारले बाढी प्रभावित नागरिकका लागि ३ सय ४३ राहत शिविर संचालन गरेको र राहत शिविरमा ९३ हजारले शरण लिएको जनाएको छ ।

भारतीय सेनाको तीन अतिरिक्त टुकडी गएराति नै बिहार पुगेको बताइएको छ। उनीहरुलाई सितामढी, मधुबनी, पश्चिम चम्पारण र पूर्वी चम्पारण जिल्लामा उद्धार र राहत कार्यमा परिचालन गरिएको भारतीय संचार माध्यमले जनाएका छन् ।

यसका साथै वायु सेनाको दुई वटा हेलिकोप्टरबाट पूर्णिया विमानस्थलबाट प्रभावित क्षेत्रमा खाद्य सामग्री पुराउने कार्यमा खटेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *